राजेन्द्र पाण्डे भन्छन्,–‘जबरजस्ती गरियो भने स्थानीय बासिन्दाले प्रतिकार गर्नेछ’ (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं, चैत १३ । धादिङको बेनिघाट रोराङ २ ताल्तीमा निर्माणाधिन ह्वासिन सिमेन्ट उद्योग विवादमा परेको छ । सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको सिमेन्ट उद्योगले बगरको सरकारी जग्गा मिचेर उद्योग विस्तारको काम गरेको भन्दै स्थानीयबासिन्दा आक्रोसित बनेका छन् ।

सिमेन्ट उद्योगले स्थानीयबासिन्दाको मर्म र भावना विपरित काम गरेको भन्दै प्रदेश सभा सांसद राजेन्द्र पाण्डे पनि रुष्ट बनेका छन् ।


उनले भनेका छन्, ‘सिमेन्ट उद्योग संचालनको नाममा खोला दोहन गर्न पाईदैन, जबरजस्ती गरियो भने स्थानीयबासिन्दाले प्रतिकार गर्नेछ र अवस्था भयावह हुनेछ । मुडभेडले मान्छे मारिन्छ । बेलैमा बिचार गर्नुपर्यो ।’


बेलैमा बिचार गर्न उद्योग संचालकहरुलाई आग्रह गर्दै सांसद पाण्डेले खोला दोहन गरेर सडक बनाउन नपाईने बताए ।


खोलाको अन्तर्राष्ट्रिय कानुन हुने स्मरण गराउदै उनले ह्वासिन सिमेन्टले जथाभावी गर्न खोजे उद्योग कहिल्यै पनि खुल्न नदिने भन्दै आक्रोश व्यक्त गरे । उनले स्थानीयबासिन्दा प्रतिकारमा उत्रन परेको खण्डमा त्यहाँ मुडभेड हुने, मान्छे मारिने र अवस्था जे पनि हुन सक्ने चेतावनी दिए ।


आफूले बुझ्दा २ सय रोपनी जग्गा किनेको र १ सय ७५ रोपनी जग्गा बगर कब्जा गरेर सिमेन्ट उद्योग संचालन गर्न खोजिएको पाईएको पनि उनले स्मरण गराए । ठूलो उद्याग भन्दैमा जे पायो त्यही गर्न नपाईने भन्दै उनले यस विषयमा आफूले सुरज बैद्यसँग पनि थप छलफल गरिने बताए ।
सिमेन्ट उद्योगबाट धुलो खाने काम बाहेक अरु सुविधान स्थानीयबासिन्दाले केही पनि लिन नसक्ने उनको दाबी छ ।


सभामुख महरा पनि झस्किए


आफूले शिल्यान्यास गरेको सिमेन्ट उद्योगले बगर नै कब्जा गरेको सुनेर सभामुख महरालाई पनि नमज्जा लागेको छ । उनले सांसद पाण्डेसँग भने,‘त्यो मैले शिल्यान्यास गरेको सिमेन्ट उद्योगको जग्गा त सार्वजनिक बगरको जग्गा हो रे नी त !’


सभामुख महराले शिल्यान्यास कार्यक्रममा आफूलाई लगेर ‘बेअकुब’ बनाएको पनि बताएका सांसद पाण्डेले बताए । जवाफमा सांसद पाण्डेले भने, ‘मैले पनि त्यस्तै थाहा पाएँ, १ सय ७५ रोपनी भन्दा धेरै बगरको जग्गा मिचेर सिमेन्ट उद्योगले गल्ती काम गरिरहेको छ ।’


स्थानीयबासिन्दासँग वार्ता


ह्वासिन सिमेन्टको प्रतिनिधिसँग स्थानीयबासिन्दाले कुरा गर्न पाउनुपर्ने भन्दै अब यस विषयमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि वार्ता गर्नुको अर्थ नरहेको उनले बताए । आन्दोलन गरिरहेकाहरुको नै वार्ता कमिटी बनाउनुपर्ने भन्दै सांसद पाण्डेले भ्रष्टहरुको वार्ता कमिटीले निकास निकाल्न नसक्ने दाबी गरे । दक्षिण एसियाकै ठूलो सिमेन्ट उद्योगको रुपमा हेरिएको ह्वासिन सिमेन्ट नारायण उद्योग प्रालिले निर्माण गर्न लागेको हो ।


यसअघि दियोपोष्टले सिमेन्ट उद्योगले खरिद गरेको भन्दा धेरै सरकारी बगरको जग्गा कब्जा गरेर उद्योग संचालन गर्न खोजेको भनेर खबर प्रकाशित गरेको थियो ।


हेर्नुहोस् पुरा भिडियोमा

याे पनि पढ्नुहाेस्

ह्वासिन् सिमेन्ट उद्योग बनाउन मलेखु खोला नै ‘कब्जा’, नेताकै समलग्नतामा ३ सय रोपनी खोला गायब !