इसाईको नाममा लुट श्रङ्खला (५) : जावलाखेलको एटिएमबाट कृष्ण घिमिरे निकाल्छन् करोडौँ रुपैयाँ

' बिग स्क्याम ईन द नेम अफ जिसस ' - ५

- प्रकाश देवकाेटा  

काठमाडाैँ । इसाई धर्मका नाममा भित्रिने अवैध रकमको माध्यम बारे नयाँ तथ्य खुलेको छ । टीटीआईका नेपाल निर्देशक कृष्ण घिमिरेले तालिमका नाममा भित्र्याउदै आएको रकम नेपालकै एक बैंकबाट निकाल्ने गरेको रहस्य बाहिरिएको छ ।
कुनै पनि तालिम संचालन गर्न आर्थिक आवश्यक पर्ने हुन्छ । टीटीआईले नै आर्थिक भार लिने भएपछि चर्चहरुले टीटीआईको आयस्रोतबारे खासै मतलब गरेको देखिदैन । तालिम संचालन गर्न राजी चर्चले तालिमलाई परमेश्वरको आषिशका रुपमा लिए । उनीहरु भन्छन््, ‘परमेश्वरको प्रचारका लागि भएकाले यो गलत पनि लागेन ।’
टीटीआईले तालिममा आवश्यक १३ किताबका साथै चर्च तथा मण्डलीमा एक जना प्रशिक्षकलाई समेत रोजगार दिने व्यवस्था गरेको थियो । त्यसैले पनि कसैले शंका गरेनन् । तर विस्तारै केही चर्चका अगुवाहरुले टीटीआईको आयस्रोतका बारे कृष्ण घिमिरेलाई बुझ्न प्रयास गरे । यसरी चासो राख्नेलाई कृष्ण घिमिरेले टीटीआईको कार्यक्रम दिनै बन्द गरेको स्रोत बताउछ ।

तस्बिरमा : युवालाई धर्म परिवर्तन गराउदै पास्टर कृष्ण घिमिरे

स्रोतका अनुसार, ‘उनले पुरानालाई विश्वास गर्दैनन् । उनी नयाँ नयाँ चर्च खोजी हिड्छन् । त्यसमा पनि दुरदराजका खोज्छन् । सकभर कसैको नजर नपुग्ने ठाउँ रोज्छन् । त्यसैले पनि उनको कार्यक्रम बिकट गाउँ तिर बढि संचालन हुन्छ ।’

यसरी भित्र्याउछन् कृष्ण घिमिरे अबैध डलर

टीटीआई नेपालले नेपालमा पैसा कहाँबाट कसरी भित्र्याउछ भन्ने कुरा शंकास्पद देखिन्छ । नेपालमा टीटीआईका नामले कुनै पनि बैंकमा खाता खोलिएको देखिदैन । करोडौँको कार्याक्रम चलाउने संस्थाको नाममा एउटा पनि बैंक खाता नखोलिनु आफैमा शंकास्पद हो ।
यस विषयमा बोल्दै टीटीआई नेपालका एकपूर्वअघिकारी भन्छन्, ‘कृष्ण घिमिरेकाे अमेरिका स्थित पिट्सबर्ग शहरमा रहेकाे पि.एन.सी बैंकमा खाता छ । कृष्ण घिमिरेलाई टीटीआईको हेडक्वाटरले ३ वटा भिषा कार्ड दिएको छ । एउटा भिसा कार्डको प्रयोग गरेर उनले दैनिक १ हजार डलरसम्म निकाल्न सक्छन् । ’ उनले भने, ‘यसको प्रमाणका लागि तपाईं जावलाखेलमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा कार्यालयमा गएर पनि बुझ्न सक्नुहुन्छ । त्यहाँ रहेको बैंकको एटिएमको सिसिटिभी फुटेज हेर्नु भयो भने प्रमाण पाउन सक्नुहुन्छ ।’
अहिले अमेरिकी एक डलर बराबर नेपाली रुपैयाँ १३४ जति छ । यसरी उनले दैनिक ठ्याक्कै कति पैसा निकाल्छन् भन्ने कुरा बैंकको स्टेट्मेण्ट नहेरी भन्न सकिँदैन । तर पूर्वअधिकारीका अनुसार टीटीआईको नाममा वार्षिक ६५ लाख अमेरिकी डलर नेपाल भित्रिने गरेको उनको दाबी छ । यो सबै रकम कृष्ण घिमिरेले जावलाखेलको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा कार्यालयको एटिएमबाट निकाल्ने उनी बताउछन् ।

तस्बिरमा : पि.एन.सी बैंककाे भिषा कार्ड अनि स्ट्याण्डर्ड चार्टर्ड बैंककाे लाेगाे

टीटीआईले तलबमा मात्र नेपालमा मासिक ३५ लाख खर्च गर्छ

टीटीआईमा प्रशिक्षकका रुपमा कार्यरत एक प्रशिक्षक भन्छन्, ‘मैले ६ वर्ष जति टीटीआईमा प्रशिक्षकको रुपमा काम गरे । पहिलो तालिम मैले आफ्नै चर्चमा दिएको थिएँ पछि कृष्ण सर आफैले टीटीआईमा मलाई प्रशिक्षकका रुपमा काम गर्न प्रस्ताव गर्नुभयो । अनि टीटीआईद्धारा संचालन हुने तालिमबारे प्रशिक्षकहरुलाई तालिम दिने गरि टीटीआईमा आवद्ध भएँ ।’
उनका अनुसार नेपालभर अहिले प्रमुख प्रशिक्षकहरु १०० जनाको हाराहारीमा छन् । यी सबै प्रशिक्षकलाई मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म तलब दिने व्यवस्था गरिएको छ । तर कसको तलब कति छ भन्ने कुरा भने एकअर्कालाई थाहा हुदैँन ।
टीटीआईमा आवद्ध १०० जना प्रशिक्षकलाई दिइने तलब मासिक ३५ हजारलाई औसत मान्ने हो भनेपनि यो रकम मासिक ३५ लाख रुपैयाँ हुन आउँछ । तलब बापत मात्र ३५ लाख मासिक खर्च गर्ने यस संस्थाले राज्यलाई एक रुपैँया कर नबुझाउनुले यो विषय करछलीको मात्र हुनसक्दैन । खोज्दै जाने हो भने अरुपनि थुप्रै टीटीआईका कयौँ रहस्य खुल्ने सम्भावना छन् ।

तस्बिरमा : कृष्ण घिमिरेकाे ६ करोड मूल्यकाे बंगला 

हामीले टीटीआईका केही प्रशिक्षकलाई तपार्इंहरुले तलब कसरी पाउनु हुन्छ ? अफिसको खाताबाट आउछ कि ? व्यक्तिको खाताबाट वा नगद पाउँनुहुन्छ ? भन्दै प्रश्न गरेका थियौँ ।
एक कर्मचारीले दियोपोस्टसँग भने, ‘अरुले तलब कति कुन माध्यमले पाउनुहुन्छ मलाई थाहा छैन । मलाई त कृष्ण सरले आफ्नो पर्सनल खाताबाट पठाइदिनुहुन्छ । कहिले क्यास पनि दिनुहुन्छ ।’
एक पुर्व कर्मचारी भन्छन, ‘मैले धेरैपटक कृष्णजीलाई यो संस्था वैधानिक बनाएर लैजान सल्लाह गरेको थिएँ । उनले यस विषयमा खासै चासो देखाएनन् । पछि मलाई कृष्णजीका क्रियाकलाप प्रति शंका लाग्न थाल्यो । एकपटक त कृष्णजीले मलाई नभएको गलत डाटा बनाउन समेत भने । मलाई त्यो ठिक लागेन ।’
उनले गरेको अनैतिक क्रियाकलापका विषयमा तपाईंले क्षेत्रिय कार्यालयलाई वा हेडक्वाटरलाई जानकारी गराउनु भएन भन्ने प्रश्नमा उनले भने, ‘हेडक्वाटरले उनीमाथी धेरै विश्वास गर्छ । मैले भनेको त थिएँ । तर खासै मेरो कुराको वास्ता गरेनन् । बरु मलाई नै जिम्मेवारीबाट हटाउने नियतले मेरो सम्झौता नविकरण गरिएन । अनि मेरो यात्रा त्यति मै रोकियो ।’

हामीले पास्टर तथा टीटीआईका नेपाल निर्देशक समेत रहेका कृष्ण घिमिरसंग पटकपटक सम्पर्क गर्न खोजेका थियौ । उनको फोन अफ आएपछि हामीले उनकी श्रीमती सावित्री सुनार घिमिरेलाई सम्पर्क गरेउ ।
सावित्रीले आफुलाई केही थाहा नभएको बताउदै उनीले भनिन्, उहाँ कहाँ हुनुहुन्छ मलाई थाहा छैन् । मेरो सिलाई कटाईको पसल छ । चाडवाडका कारण मलाई कामले भ्याई नभ्याई छ । म कति बेला घर जान्छु थाहा छैन ।’
उनीले यसरी भनिरहँदा कृष्ण घिमिरे कहाँ छन् भन्ने कुरा भने खोल्न चाहिनन् ।

तस्बिरमा :पास्टर कृष्ण घिमिरे श्रीमती सावित्री सुनार घिमिरेका साथमा 

हामीले यस विषयमा पुर्व डीआईजी प्रशान्त मल्ल ठकुरीसंग पनि कुरा गरेका थियौ। उनी भन्छन, ‘दर्ता नगरेर कसैले संस्था चलाई राखेको छ भने यसमा सिडियो कार्यालय जोडिन्छ । उसले पनि नियमन गर्नु पर्ने हो । कुनै पनि जिल्ला भित्रका क्रियाकलापहरु उसको पहुँच भन्दा या उसको स्विकृती भन्दा बाहिर भैराख्या छ भने सबभन्दा पहिला जिम्मेवारी उसको हो ।’

नेपाल प्रहरीको जिम्मेवारी हुन्छ कि हुदैँन भन्ने प्रश्नमा उनी भन्छन्, ‘कुुनै पनि व्यक्ति÷संस्थाले देशको ऐन कानुन भन्दा बाहिर बसेर यस्ता काम गर्नु अवैधानिक हुन्छ । र यसमा सुरक्षा निकाय, अनुसन्धान विभाग, लगायत गृहमन्त्रालयको कम्जोरी देखिन्छ । कुनै संस्थाले १६ वर्ष देखी लुकिछिपी काम गरिरहेको छ भनेपछि २/४ लाख रुपैँया त पक्कै ल्याएको छैन् । यहाँ त करोडौँ अर्बौ रकम आएको छ । यसलाई नियमन गर्ने भनेको नेपाल राष्ट्र बैंक हो । त्यसैले राष्ट्र बैंक पनि आर्थिक पक्षमा चुकेको देखिन्छ ।’ पुर्व डीआईजी मल्लका अनुसार यो गिरोहले सबै निकायको कमजोरीमा खेलेकाले एउटै मात्र निकायको भन्दा पनि सम्बन्धित सबै निकायको कमजोरी देखिन्छ । यस्ता कमिकमजोरीले भविस्यमा ठुुलो दुर्घटना निम्त्याउन सक्ने मल्ल बताउछन् ।

तस्बिरमा : नेपाल प्रहरीका पूर्व डिआइजी – हेमन्त मल्ल

नाेट : यस विषयमा हामीले अरुपनि थप तथ्यहरु खोजेका छौ । नेपालमा धर्मका नाममा कसरी अवैध धन्दा चलिरहेको छ भन्ने बारे यसलाई श्रृङ्खलाबद्ध रुपमा प्रकाशन गर्नेछौ । यस श्रृङ्खलालाई हामीले  ‘ बिग स्क्याम ईन द नेम अफ जिसस ’  नाम दिएका छौ । यससंग सम्बिन्धत थप सामाग्री पढ्न वा जान्न  हामीसंग जोडिन सक्नुहुन्छ ।

हामीले अहिले सम्म यस विषयमा प्रकाशन गरेका समाचारहरू निम्न छन् । याे पनि पढ्नुस् ।

इसाईको नाममा करोडौँ ‘डलर’ घोटाला : राजश्व अनुसन्धान विभागमा लुकाइएको त्यो निवेदन

इसाईको नाममा लुट शृङ्खला (२) : अवैध रुपमा यसरी भित्राईन्छ लाखौँ डलर

इसाईको नाममा घिमिरे परिवारको ‘ब्रम्हलुट’ : श्रीमती, छोरा, छोरी, बुहारी र सम्धीको रजाइँ

इसाईको नाममा डलर घोटाला (४) : अमेरिकाको आईएनजिओ मा पठाईन्छ नेपालीको विवरण

सिफारिस