काठमाडौं, १० चैत्र । गौतम बुद्धबारे विवादास्पद गतिविधि गरिरहेको भारतले ‘नक्कली’ लुम्बिनी बनाउँदा समेत नेपाल सरकार भने मौन छ । सामाजिक सञ्जालमा एउटा पुस्ता ‘बुद्ध नेपालमा जन्मेको हो’ भनेर दाबी गर्नुपर्ने बाध्यतामा छ । यद्धपी नेपाल सरकारले भने यसबारे खासै चासो देखाएको छैन ।
भारतले आफ्नो भूमिमा बनाएको संग्राहालयको नाम नै ‘कपिलवस्तु संग्राहालय’ राखेको छ । आफ्नो भूमिमा बुद्ध जन्मेको प्रमाणित गर्नको लागि भारतले धमाधम नक्कली लुम्बीनी बनाइ रहेको छ । भारतले संसारभरका पर्यटकलाई आफ्नो भूमिमा तान्ने उद्येश्यले नक्कली लुम्बिनी बनाइरहेको हाे । त्यसो त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोप भ्रमणको क्रममा समेत बुद्धको जन्म विहारमा भएको बताएका थिए ।
यसैबीच एउटा यस्तो भिडियो भेटिएको छ । जहाँ संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले बुद्ध र उनको जन्मस्थलबारे निकै महत्वपूर्ण अभिव्यक्ती दिएका छन् । उक्त भिडियो तत्कालीन अनमिनमा कार्यरत फोटो पत्रकार कुमार श्रेष्ठले खिचेका हुन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनिमा लिएको भिडियोमा मुनले ‘आफूले गौतम बुद्धबारे पाएको शिक्षा अनुसार गौतम बुद्धको जन्म लुम्बिनीमा नै भएको’ बताएका छन् ।
पत्रकार सम्मेलनको क्रममा उनले गौतम बुद्ध र उनको जन्मस्थल बारे निकै महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । ‘गौतमबुद्धको जन्मथलोको भ्रमण पछि म धेरै प्रभावित छु । मैले देखे अनुसार गौतम बुद्धको सामाजिक प्रभावबाट म निकै प्रभावित छु,’ सन् २००८ मा गौतम बुद्धको जन्मथलो लुम्बिनी भ्रमणको क्रममा मुनले भनेका छन्,‘हामीले बुद्धबाट धेरै सिक्नुपर्छ ।’
उनले एक मिनेट ४० सेकेन्डसम्म गौतमबुद्धबारे बोलेको भिडियो यस्तो छ
UN SECRETARY GENERAL BAN KI MOON ADMITTED LORD BUDDHA WAS BORN IN NEPAL. WATCH THIS VIDEO AND SHARE TO THE WHOLE WORLD.
Posted by Kumar Shrestha Photography on Saturday, November 9, 2013