क्लासिक टेकको ठगीको शिकार बनेकी ग्राहक मिनिषा भन्छिन्,‘मलाई क्लासिक टेकले लुट्यो’

दियोपोस्ट संवाददाता

राज लोहोनी

काठमाडौं, १२ चैत्र । ईन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकको ठगीबाट पीडित भएकाहरु सार्वजनिक हुने क्रम बढेको छ ।


दियोपोस्टले यसअघि ठगीबाट पीडित भएका व्यक्तिहरुको बयानलाई आधार बनाएर प्रकाशित समाचारपछि पीडितहरु सम्पर्कमा आउने क्रम बढेको हो ।

बिराटनगर घर भएकी मिनिषा दासले आफू पनि क्लासिक टेकको ठगीको शिकार भएको बताइन् ।

‘यो ठग ईन्टरनेट सर्भिस प्रोभाइडरले मेरो २४ हजार रुपैयाँ लुट्यो । एक वर्षका लागि ईन्टरनेट प्याकेज लिएँ । ६० एमबिपिएसको ईन्टरनेट भनिएको छ । तर, नेट नचलेपछि मैले मोबाइल डाटा लिन बाध्य भएकी छु,’ उनले भनिन् ‘करिब एक वर्षदेखि मलाई क्लासिक टेकले लुट्यो । मेरो पैसा लुट्यो । २४ हजार रुपैयाँ तिरेर एक वर्षको प्याकेज लिएँ । तर, पैसा तिरेदेखि नेट नै चलेन ।’

गत मई २०२० मा उनले ६० एमबिपिएस स्पिडको ईन्टरनेटको प्याकेज लिएको बताइन् ।

‘नेट जोडेदेखि मेरो घरमा ईन्टरनेट राम्रोसँग चलेन । मैले ईन्टरनेट नचलेको विषयमा फोनमा कम्प्लेन गरेँ । पहिले पहिले उनीहरुले कल गर्थे । कुरा घुमाएर यो चेक गर्नु र त्यो चेक गर्नु भन्थे । जब लक डाउन शुरु भयो । हामी जम्मा २ जना मात्रै प्रयोगकर्ता थियौँ । एउटा डिभाइसमा पनि राम्रोसँग चलेन,’ मिनिषाले दियोपोस्टलाई सुनाइन्,‘चार महिनासम्म पनि नेट नचलेपछि मैले त्यहाँ कम्प्लेन गर्दा टेक्निसियनले ६० एमबिपिएसको नेटका लागि यो राउटरले धान्दैन अर्को राउटर किन्नुपर्छ भने । त्यसपछि मैले क्लासिक टेक नचलाउने निधो गरेँ । मलाई मेरो पैसा फिर्ता दिनुस् भने तर अहिलेसम्म मैले पैसा फिर्ता पाएको छैन ।’

उनका अनुसार क्लासिक टेकले उनीमा ६० एमबिपिएसको ईन्टरनेटको पैसा असुलेर ६ एमबिपिएस स्पिडको ईन्टरनेट दिइरहेको छ । आफूले ३० एमविपिएसको मात्रै पैसा लिएर बाँकी पैसा फिर्ता गर्न भनेपनि हालसम्म कम्पनिले फिर्ता नगरेको उनले बताइन् । कम्पनिमा कम्प्लेन गर्दा कम्प्लेन टिकट बनाउने तर समाधान बिनानै क्लोज गर्ने गरेको उनको गुनासो छ ।

जब आइतबार दियोपोस्टमा प्रकाशित समाचारलाई उनले आफूपनि ठगिएको भन्दै स्ट्याटस लेखेर शेयर गरिन् त्यसपछि भने क्लासिक टेकले उनलाई पोस्ट डिलिट गर्न भन्यो । तर, उनले मानिन् । ‘यो न्युज शेयर गरेपछि उनीहरु आएर राउटर फिक्स गरेका छन् । समाचार डिलिट गर्न भनेको भन्यै छन्,’ उनले भनिन् ।
छोयो की चल्यो भन्ने नारासहित ईन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेकका सिइओ तथा मालिक प्रमेश खरेल हुन् । ईन्टरनेट सेवाको स्पिडमा हुने ठगीको विषयमा व्यापक सर्वसाधरणको गुनासो आएपनि प्रहरीले हालसम्म छानबीन गरेको छैन । केही महिनाअघि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिइआईबीले छानबीन समेत थालेको थियो । तर, आइएसपीका लगानीकर्ताहरुको प्रभावमा छानबीन नै प्रभावित भएको स्रोतले जनायो ।


उहाँको समस्या समाधान गर्छौं : क्लासिक टेक


यस विषयमा प्रतिक्रिया लिन क्लासिक टेक ईन्टरनेटका प्रतिनिधि सविन ओझालाई सम्पर्क गर्दा त्यस्तो समस्या नहुनुपर्ने बताए । यद्धपी त्यस्तो समस्या भए आफूहरुले हेरेर समाधान गर्ने बताए । ‘हामी उहाँको समस्या हेरेर समाधान गर्छौं । यदि रिफन्ड भएको छैन भने रिफन्ड पनि गरिदिन्छौँ,’ केहीबेरमा बुझेर उनले भने,‘उहाँको रिफन्डको लागि प्रोसेसमै छौँ । आजभोलीमा पैसा नै दिन्छौँ ।’

ग्राहकमाथि क्लासिक टेकको ठगी : भन्छन्, ‘सर्भिस छैन, नेट चल्दैन तर पैसा मात्रै असुलियो’

सम्बन्धित खबर