काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले सार्वजनिक जग्गा अतिक्रमण गरि आवात जावातमा अवरोध गरेको भन्दै एक व्यक्तिको जग्गा कब्जा गरेको छ ।
काठमाडौंको किर्तिपुर नगरपालिका वडा नम्बर १ सिट नमबर १०२–१४२–१८ को कित्ता नम्बर ६४ को सार्वजनिक जग्गामा अवरोध गरि आवात जावतमा समेत समस्या बनाएको भन्दै कैलाश लोहोनीको जग्गा कब्जा गरिएको हो । उक्त जग्गामा उक्त पार्टीले पार्टीको झण्डा र ब्यानर टाँसेका छन् ।
पार्टीको मध्य कमाण्ड इन्चार्ज हिक्मतद्वारा जारी विज्ञप्तीमा घटना विवरण समेत उल्लेख गरिएको छ ।
किर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हर्ष महर्जन र लोहनीले अदालतको निर्णयलाई समेत उलंघन गरेको विज्ञप्तिमा उल्लेख छ । गोरेटो बाटो भएको जग्गा आफ्नो नाममा पारेर विक्री गर्ने षडयन्त्र गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।