काठमाडौं । नेपालमा पटक पटक कालोधन ओसार पोसार गरेको अभियोग लाग्ने विवादित पात्र हुन् – अजय सुमार्गी ।
अजयका भाई अरुण पनि दाई सँगै व्यापारीक साझेदारीमा विभिन्न धन्दामा समलग्न छन् । उनै अजयलाई बागमती प्रदेश सरकारले अवैतनिक विज्ञ सल्लाहाकार नियुक्त गरेको छ ।
सुमार्गीलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले अवैतनिक विज्ञ सल्लाकार नियुक्त गरेको हो ।
प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले उनलाई पाण्डको अवैतनिक विज्ञ सल्लाकार नियुक्त गर्ने निर्णय गरेको हो ।
सुमार्गी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्र सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति समेत हुन् ।