काठमाडौं । चलचित्र अभिनेता पल शाह विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय तनहुले जिल्ला अदालत नवलपुरमा अभियोग पत्र दर्ता गरेको छ । नाबालीग बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई १४ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता गरेको हो । शाह प्रहरणमा जोडिएका पात्र हुन्– दुर्गेश थापा । प्रहरीले दुर्गा बहादुर थापा भनिने दुर्गेश थापालाई समेत बयान लिएको छ ।
थापाले ५० लाख रुपैयाँ बार्गेनिङ गरेको भन्दै सामाजिक सञ्जालमा अडियो नै सार्वजनिक भएको थियो तर, उनले उक्त आरोप अस्विकार गरेका छन् । प्रहरी समक्ष दिएको बयानमा आफूलाई बार्गेनिङबारे कुनै जानकारी नभएको बताएका हुन् । घटना भएको रात पल शाह मदिरा खाएर साथीहरुसँग बसेको समेत दुर्गेशको आरोप छ ।
यस्तो छ उनको बयानको पूर्ण पाठ