एमाले सांसद बानियाँबाट बलात्कृत शिक्षिकाको बयान : २ पटक बलात्कारपछि कण्डम ट्वाइलेटमा फाल्नुभो’

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र ०७, २०७८ | २३:३१:०७

 

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्व मन्त्री मोहन बानियाँ विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जुम्ला घर भएकी एक शिक्षिकाले सांसद बानिया विरुद्ध बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । उनले नेपालगन्ज उपमहानगरपालिका २ स्थित होटल अप्सराको कोठा नम्बर २ सय १५ मा आफूमाथि सांसद बानियाले डर त्रास दिएर कण्डम प्रयोग गरि २ पटकसम्म बलात्कार गरेको अभियोग लगाएकी छिन् । सांसद बानियाँ विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गत चैत्र २ गते जिल्ला अदालत बाँकेमा जबरजस्ती करणीको मुद्दा दायर गरेको छ ।

पीडित महिलाले आफूले पाउनुपर्ने २५ लाख रुपैयाँ फिर्ता लिनकालागि होटलमा बोलाएर बलात्कार गरेको बयान दिएकी छिन् । सरकारी वकिल कार्यालयले बानियाँ विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) विपरित दफा २१९ (२) बमोजिम जबरजस्ती करणीको कसुर गरेको भन्दै अपराध संहिताको दफा २१९ (३) (ङ) बमोजिम सजाय माग गरेको छ । उक्त दफा अनुसार १८ वर्षभन्दा उमेरकी महिलालाई बलात्कार गरे ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

यस्तो छ शिक्षिकाले प्रहरीमा दिएको बयान

म जाहेरवालीको निज मोहन वानिया संग चिनजान रहेको थियो । निजले मलाई संयुक्त रुपमा व्यवसाय कारोवार गरौं भनेको हुदा मैले पनि निजको प्रस्ताव लाई स्वीकार गरि निजलाई मिति २०७६।०८।०८ गतेका दिन रु २५,००,०००।– रकम दिएकी थिए । निजले उक्त रकम लिएको लामो समय सम्म पनि कुनै व्यपार व्यवसाय नगरेको र मेरो रकम समेत फिर्ता नगरेको हुदा निज संग म बाट लिएको रकम फिर्ता माग गर्दा निजले मलाई चेक दिनु भएकोमा उक्त चेक वैंकमा साट्न जाँदा खातामा प्रयाप्त रकम नभएको भनि चेक नसटे पछी सो वारेमा निजलाई जानकारी गराउदा निजले आजभोली दिन्छु भनि आलटाल गर्दै आएका थिए । मिति २०७८।१०।१८ गतेका दिन निज संग सुर्खेत जिल्लाको विरेन्द्रनगरमा भेट भई निजले दिएको चेकको वारेमा कुरा गर्दा निजले आफु संग तत्काल नगद नरहेको र नेपालगंजमा गए सो रकम आफन्त बाट मागी नगदै दिने भनी म जाहेरवाली समेत लाई ऐ।१८ गते सुर्खेत बाट नेपालगंज ल्याई नेपालगंज(२ स्थित रहेको होटल अप्सराको कोठा नं।२१५ मा राखेकोमा निजले ऐ।१९ गते विहान अं।०५स्०० बजेको समयमा म सुतेकै वेला पैसा आईसक्यो ढोका खोल भनि भनेको हुदाँ म जाहेरवालीले ढोका खोल्दा साथ निज मेरो कोठामा प्रवेश गरि मलाई डर त्रास धम्की दिई खाटमा लडाई आफुले अस्थायी साथन ढाल प्रयोग गरि जबरजस्ती करणी गरि उक्त ढाल निजले सोही होटलको ट्वाईलेटमा फाली सो वारेमा मलाई कही कतै नभन्नु भनि डर,धाक,धम्की दिई गएकाले कानुन बमोजिम होस ।

 

सम्बन्धित खबर