धादिङको निलकण्ठ माविका शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपीट

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र ०९, २०७८ | १८:०१:०४

धादिङ । धादिङको निलकण्ठ  माध्यमिक विद्यालयका शिक्षकले एक विद्यार्थीमाथि निर्घात कुटपीट गरेको पाइएको छ । शिक्षक प्रकाश क्षेत्रीको कुटपीटबाट कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुरेन्द्र उप्रेति गम्भिर घाइते भएका छन् ।
घाइते उप्रेतीलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पताल पठाइएको छ ।

यसअघि पुछारबजारस्थित न्यु किबो स्कुलमा समेत विद्यार्थीमाथि कुटपीट गरेपछि निष्काशनमा परेका क्षेत्रीले निलकण्ठमा समेत विद्यार्थी कुटेर घाइते बनाएको एक विद्यार्थीले बताए ।

 

यस विषयमा प्रतिक्रिया लिन  नीलकण्ठ माविका प्रअ ध्रुव अधिकारीलाई सम्पर्क गर्दा आफू मिटिङमा रहेको बताए । ‘म अहिले कुरा गर्दैछु । एकछिनमा गर्छु,’ उनले भने ।

सम्बन्धित खबर