सांसद श्रेष्ठको अडियो प्रकरणः संसदीय समिति बनाएर छानबिन गर्न माग

दियो पोस्ट  

काठमाडौं । कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधिसभा चुप लागेर बस्नु नहुने बताएका हुन्।

सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे । त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टिम’लाई बुझाउनपैसा चाहिएको भनेको भन्दै सो ‘कोर टिम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताए। यस्तै आजको राष्ट्रिय सभा बैठकमा पनि उक्त घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्।

राष्ट्रिय सभा बैठकमा नेकपा एमालेकी सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन्।