वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

अपराध

दियो पोस्ट  

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् ।