तनहुँ १ मा २९ हजार गन्दा स्वर्णिम वाग्लेले कटाए १५ हजार मत, गोविन्दकाे कति ?

दियो पोस्ट  

तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

२९ हजार ८ सय २ मत गणना गर्दा वाग्लले १५ हजार १३५ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोविन्द भट्टराईले ८७३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ५००० मत प्राप्त गरेका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।