काठमाडौं, २२ चैत्र । भ्रष्टाचारको अभियोग लागेका नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख सुवास निरौला विशेष अदालतमा बयानका लागि गएका छन् । ‘उहाँ यतिबेला बयान दिँदै हुनुहुन्छ, अहिले आदेश भईसकेको अवस्था छैन,’ विशेष अदालतका रजिस्टार भद्रकाली अधिकारीले भने, ‘आज नै यो विषयमा फैसला हुन्छ ।
निरौला माथि बोर्डको करोडौ रकम भ्रष्टाचार गरेको मुद्दा परेको थियो । उनी आफैले ३३ करोड भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनको शैक्षिक प्रमाण पत्र समेत नक्कली भएको आरोप लाग्दै आएको थियो ।
लामो समय सम्पर्कमा नआएका निरौला आज पहिलो पटक अदालतमा बयानका लागि आएका हुन् । २०७१ चैत २३ गते उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।