फ्रान्सका राजदूत र प्रचण्ड भेटवार्ता

diyopost.com
bestnp  बुधबार, चैत्र २४, २०७२ | १२:५९:५६

काठमाडौं, २४ चैत । फ्रान्सका राजदूत एभेस कारमोन र प्रचण्डबिच आज बिहान भेटवार्ता भएको छ । भेटमा अध्यक्ष प्रचण्डले हालै भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणा बारे सोधेका थिए। जवाफमा राजदूत कारमोनले फ्रान्सले नयाँ संविधानलाई सम्पूूर्ण रुपले समर्थन गरेको बताए । उनले भने, ‘नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ ।’

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा प्रचण्डले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताए । सो क्रममा प्रचण्डले शान्ति प्रक्रिया, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान जारी नेपाली जनता आफैंले गरेको बताएका थिए । उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिंग, क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताए।

भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताए । प्रचण्डले नेपाल नवनिर्माणमा अघि बढेकाले लगानी गर्ने कम्पनीहरुको खाँचो रहेको बताए । त्यसको लागि नेपालमा लगानी गर्ने उचित वातावरण रहेको स्पष्ट पारेका थिए ।

सम्बन्धित खबर