काठमाडौं । इनफिनिक्स प्रयोगकर्ताहरूबाट देशभरि पाएको माया र जबरदस्त समर्थनपछि, जीटि २० प्रो पुनः धमाकेदार रूपमा नेपाली बजारमा फर्कंदैछ ।अझ बलियो, अझ स्टाइलिश, र अझ स्मार्ट। इनफिनिक्सले आफ्नो उत्पादन इनफिनिक्स जीटी २० प्रोले गेमिङ स्मार्टफोनमा नयाँ मापदण्ड स्थापना गरेको जनाएको छ । इनफिनिक्स जीटी २० प्रोमा मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिपसेटको साथ गेमिङ प्रदर्शनका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ ।
यस गेमिङ स्मार्टफोनमा १२ जीबी र्यामका साथ २५६ जीबी स्टोरेज रहेको छ । साथै ५० मेगापिक्सेल ट्रिपल एआई क्यामेरा, कुलिङ सिस्टम, एक्स५ टर्बो गेमिङ डिस्प्ले चिपलगायत विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ ।