UPDATE :: खोटाङ दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र ३०, २०७२ | ८:४४:५४

काठमाडौं, ३० चैत्र । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । घटना स्थलबाट देवान किराँतीले दिएको जानकारी अनुसार मृतकहरुको सनाखत हुनसकेको छैन । घटनामा चलकको पनि मृत्युभएको उनले जानकारी दिए ।
‘अहिले मृतकको शरिरलाई मुल सडकमा ल्याउने काम सकिएको छ,’ दियोपोस्टसँग कुरा गर्दै उनले भने, ‘हालसम्म मृतकको सनाखत हुन सकेको छैन ।’
उनका अनुसार २० घाईतेलाई काठमाडौं ल्याईएको छ ।
सोमबार विहान अर्खौलेको बर्खेटारमा बा २ ख ६३७६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो । बसमा ७० जना यात्रुहरु सवार रहेका थिए ।

सम्बन्धित खबर