काठमाडौ, ४ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले भित्र पार्टीको नवौ महाधिवेशनको धङधङ्गी अझै नसकिएको बताएका छन ।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवारै पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र कुनै गुट नरहेको दावी गरेकै दिन राजधानीमा शनिबार एक कार्यक्रममा खनालले भने, पार्टीको नवौ महाधिवेशनमा दुई गुट बनाएर चुनाव लडेको धङधङ्गी अझै बाँकी नरहेको बताए ।
उनले ‘पार्टीभित्रको गुट उपगुट मुर्दावाद, पार्टी एकता जिन्दावाद । पार्टीभित्रको गुट उपगुटको विरुद्ध झलनाथ खनाल लड्छ,’ भन्दै नारा लगाएका थिए ।
उनले पार्टी अध्यक्ष ओलीले आफूमा फर्किफर्कि पदमा दोहोरिने आकांक्षा नभएकोले गुटबन्दी नगर्ने भनि गरेको टिप्पणी प्रति लक्षित गर्दै अध्यक्षले त्यो अरु कसै प्रति भन्दा पनि आफू प्रति नै फर्किएर भनेको बताए ।
संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बन्न नसके अरु कसैको नेतृत्वमा पनि त्यस्तो सरकार बनाउन सकिने धारणा राखे ।