काठमाडौं, ६ काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपाल र नामिबियाबीचको खेलमा नेपाल विजयी बनेको छ । नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको छ। योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै कायम राखेको छ। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक १०३ रनको योगदान दिए। पारसले ९४ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै सतक पूरा गरे।
नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो। यस्तै शरद भेष्वाकर ७८ रनमा नटआउट रहे। उपकप्तान ज्ञानेन्द्र मल्लाले २२ रन जोडे भने विनोद भण्डारीले १२ रन जोडे। उनले १३ बलमा २ चौका प्रहार गरे। यस्तै नरेश बुढाएर ६ र राजेश पुलामी मगरले १ रन जोडेका थिए। यस्तैसागर पुन भने २ रनमै पभिलियन फर्केका थिए।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको पाहुना टोली नामिवियाले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३९ रन जोडेको थियो।