काठमाडौं, १० वैशाख । पत्रकार कनकमणि दीक्षित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खटाएको प्रहरीबाट पक्राउ परेका छन् । गैरकानुनी सम्पत्ति रहेको पाइएपछि छानबिनका लागि पटक–पटक बोलाउँदा दीक्षितले अटेरी गरेकाले उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता भवानी सुवेदीका अनुसार दीक्षितले आयोगको अनुसन्धान प्रक्रियालाई बाधा पु¥याएका थिए । उनको स्रोत नखुलेको सम्पत्तिमाथि अख्तियारले लामो समयदेखि छानबीन गरिरहेको छ ।
‘उहाँलाई पटक–पटक हामीले बोलाएका थियौं,’ सुवेदीले भने,‘उहाँ आउँदै आउनुभएन ।’
दीक्षितले आयोगमा बुझाएको सम्पत्ति विवरण र अख्तियारले पाएको प्रमाणकोबीच फरक देखिएको तालमेल देखिएको सुवेदीले बताए । ‘यसबारे अख्तियारले केहीबेरमै विज्ञप्ति निकाल्दै छ,’ सुवेदीले भने ।