लोडसेडिङ माफियाले १० अर्ब महशुल नबुझाउँदा कुलमान घिसिङ तनावमा, महालेखा परिक्षकको ‘चाकडी’ !

दियो पोस्ट  


काठमाडौं, २७ चैत्र । लोडसेडिङ माफिया व्यापारीले १० अर्बभन्दा बढी महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तनावमा परेका छन् ।


सर्वसाधरणलाई १० घण्टाबढी लोडसेडिङ गराएर ठूला घरानियाँ व्यापारीलाई डेडिकेटेड फिडर र ट्रंकलाईन मार्फत २४ घण्टा विजुली उपलब्ध गराएको नेपाल विद्युत पाधिकरणले व्यापारीहरुबाट १० अर्बभन्दा बढी रकम उठाउन नसकेपछि यो विवाद सतहमा आएको हो ।


नेपाल विद्युत प्राधिकरणको १० अर्ब बेरुजु देखिने भएपछि घिसिङले महालेखा परिक्षक टंकमणी शर्माको चाकडीमा लागेको उच्च स्रोतको दाबी छ ।


व्यापारिकै योजनामा महशुल मिनाहा गर्ने नियत सहित उच्च घरानियाँ व्यापारिलाई विद्युत प्राधिकरणले २४ सै घण्टा विजुली उपयोग गरेपनि बिलिङ भने गरिएको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा लोडसेडिङ माफियाको रुपमा चिनिएका र प्राधिकरणलाई ४२ करोडभन्दा बढी महशुल बुझाउनुपर्ने पशुपति मुरारकाले सरकारले नक्कली बिलिङ गरेको आरोप लगाइ रहेका छन् ।

यता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उच्च घरानियाँ व्यापारीको उद्योगलाई डेडिकेटेड फिडर र ट्रंकलाइन फिडर बापतको शुल्कको बिलिङ नगरेको बताउँदै आएका छन् ।


घिसिङले महालेखा परिक्षक टंकमणी शर्मालाई समेत प्रधानमन्त्रीकै योजनामा आफूले बिलिङ नगरेको बताएपछि शर्मा समस्यामा परेको उच्च स्रोतको दाबी छ ।


व्यापारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर विद्युत प्राधिकरणलाई दबाव दिएको बताइन्छ ।

महालेखा परिक्षकले केही दिनमा प्रकाशन गर्ने प्रतिवेदनमा नेपाल विद्युत प्राधिकरणको बेरुजु देखाइदिए आफूलाई समस्या हुने भन्दै घिसिङ पछिल्लो समय शर्माको चाकडीमा लागेको स्रोतको दाबी छ ।

याे पनि पढ्नुहाेस्

अरबौं विजुलीको बिल नतिर्नेको सुचीमा पूर्वराजा ज्ञानेन्द्र, पशुपति मुरारकादेखि शेखर गोल्छासम्म, कसले कत्ति तिर्न बाँकी ?

यी हुन् लोडसेडिङ गराउने ठूला माफिया व्यापारी, ७ अर्ब गायब पार्ने खेलमा को–को ?

राजेश हमालले विज्ञापन खेलेको जगदम्बा स्टिल सबैभन्दा ठूलो लोडसेडिङ माफिया, साँढे २ अर्ब नतिर्न जालझेल !