काठमाडौं, ३ वैशाख । नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले अतिरिक्त 10mpbs SPEED का साथ २ महिनाको इन्टरनेट र नेट टि.भी. निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
भायनेटले आफूलाई सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनाउँदै आएको छ । भायनेटमा १५० भन्दा बढी कर्मचारीहरु रहेका छन् ।