काठमाडौं सहित देशका केही भागमा भिषण हावाहूरी सहित असिना पानीको वर्षा

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ चैत्र । राजधानी काठमाडौं सहित देशका केही भागमा भिषण हावाहूरी सहित असिना पानी वर्षा भएको छ ।


बुधबार दिउँसोबाट मौसममा बदली भएको थियो । जल तथा मौसम पूर्वानुमान महासाखाका अनुसार आज दिउँसो पहाडी भेगका केही स्थानमा मेघ गर्जन सहित वर्षा हुने संभावना थियो ।


महासाखाका अनुसार भोली पनि देशका पहाडी भू(भागमा आँशिक बदली रही पहाडी भूभागमा अपरान्ह पछि केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खबर

सिफारिस