
काठमाडौँ, चैत २० । गत चैत ४ गते क्युआर ६५२ विमानबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पहिलो संक्रमित थिईन् फ्रान्सबाट नेपाल आएकी १९ बर्षीया युवती । फ्रान्समा उनि भियतनामकी साथीसँग कोठामा बस्दै आएकी थिईन् । भियतनामकी युवतीमा कोरोनाभाइरसको पुष्टि भएपछि उनको पनि कोरोनाभाइरसको परिक्षण गरिएको थियो ।
गत चैत ९ गते आइतबार उनको रिपोर्टमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो । उनमा कोरोनाभाइरसको पुष्टि भएपछि सरकारले उक्त विमानमा सवार अन्य मानिसहरुको खोजी गरेको थियो । सोही विमानमा सवार बागलुङकी १९ बर्षीया युवतीमा पनि केही दिनअघि कोरोनाभाइरसको परिक्षण गरिएको थियो । उनमा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको थियो ।
बिहीबार सोही विमानमा सवार ६५ बर्षीया वृद्धामा कोरोनाभाइरस भेटिएको हो । उनि पनि बागलुङकी १९ बर्षीया युवतीको आफन्त रहेका बताइएको छ । उनिहरु पनि गत चैत ४ गते बेल्जियमबाट नेपाल आएका थिए । यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए ।
संक्रमण भेटिएपछि उनलाई बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको अधिकारीहरुले बताएका छन् ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ । जसमध्य एक जना उपचारपछि सामान्य अवस्थामा घर फर्किसकेका छन् । संक्रमित सबै विदेशबाट आएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देवकोटाले पत्रकार सम्मेलनमार्फत हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा पोजेटिभ भेटिएको जानकारी दिए ।
अहिले केन्द्रीय प्रयोगशालामा थप ४३ वटा परीक्षण भइरहेको तथा धरानमा पनि १२ वटा नमुना परीक्षण भइरहेको देवकोटाले बताए ।
यस्तै हाल १०५ जना आइसोलेसनमा रहेका छन् भने जसमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् ।