शनिबार एकैदिन ३ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या ९ पुग्यो !

दियो पोस्ट  

काठमाडौँ, चैत २२ । कैलाली र कंचनपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ भेटिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ बर्षीय पुरुष र भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षीय पुरुषमा कोरोनाभाइरस भेटिएको हो । अर्को संक्रमित कैलालीकी ३४ बर्षीया महिला हुन् । ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

थप तीन जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । त्यसमा एक जना निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आगामी चैत २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।