काठमाडौँ, चैत २२ । कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको ‘लकडाउन’ को आज १२ औँ दिन पुगेको छ ।
सरकारले पहिलो चरणमा एक हप्ता सम्म लकडाउन घोषणा गरेको थियो । चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लाग भनिएतापनी कोरोनाभाइरसको खतरा बढ्न थालेपछि सरकाले थप एक साता लकडाउनको समयअवधी लम्बाएको थियो ।
मन्त्रीपरिषदको वैठकले समय थप गर्दै आगामी चैत २५ गते बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको हो । लकडाउनको समयमा सरकारले आम जनतालाई अत्यावश्यक काम परेको खण्डमा मात्र बाहिर निस्कन अनुरोध गरेको छ ।
हालसम्म लकडाउन उल्लंघन गर्ने एक हजार भन्दा बढी मानिसहरुलाई प्रहरीले कारवाही गरिसकेको छ । कारवाहीस्वरुप प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा सडकमा उभ्याएको छ । लकडाउनको समयमा उपभोक्तालाई समस्या नपरोस् भनेर सरकारले बिहान बेलुका एक घण्टा खाद्यान्न पसल खुला गर्न आग्रह गरेको छ ।
शनिबार मात्रै कैलाली र कञ्चनपुरमा ३ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । संक्रमित तीन जनामध्य दुई जना भारतबाट आएका र एक जना स्थानीय रहेका छन् । नेपालमा पहिलो पटक स्थानीयलाई कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।
हालसम्म नेपालमा ९ जनामा कोरोनाभाइरस पोजेटिभ भेटिएको छ । जसमध्य एक जनाको सफल उपचार पश्चात सामान्य अवस्थामा घर फर्किएका छन् भने बाँकी ८ जनाको उपचार भइरहेको छ ।
थप तस्वीर
भिडियो हेर्नुहोस्