धादिङ्ग, चैत २५ । धाादिङ्गमा कोरोना भाइरस (कोभिड–१९) आशंका गरिएको एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी १८ बर्षीय आयुस तामाङ्गको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो ।
भारतबाट फर्किएका उनी गत चैत २० गते जिल्ला अस्पताल धादिङ्गमा स्वास्थ्य परिक्षणका लागि आएका थिए । उनमा कोरोनाको शंकास्पद लक्षण देखिएपािछ अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो । उनको स्वाब परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
मंगलबार आएको रिपोर्टअनुसार ती युवकमा कोरोना भाइरस नभएको जिल्ला अस्पताल धादिङ्गका सुचना अधिकारी बिक्रम बिकले जानकारी दिएका छन् । धादिङ्गमा केही दिन अघि मात्रै कोरोना आशंका गरिएको र संक्रमितको उपचारको लागि ९ वेड क्षमताको आइसोलेशन वार्ड निर्माण गरिएको छ ।
हालसम्म धादिङ्गका एक जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।