सरकारको निर्देशन सिद्धलेक गाउँपालिका अध्यक्षद्वारा उलंघन : ह्याण्डसेक गरेको तस्विरले विवाद !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता
धादिङ, ३० चैत्र । विश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संंक्रमण नेपालमा पनि बढ्दो मात्रामा देखिन थालेको छ ।


सरकारले यसैलाई मध्यनजर गर्दै कोरोना भाइरसको संक्रमण नेपालमा हुन नदिन आम सर्वसाधारणहरुलाई घर बाहिर निष्कन समेत प्रतिबन्ध लगाएको छ । सामाजिक दुरी कायम गरेर घर भित्रै बस्दा कोरोना भाइरसको संक्रमण रोक्न सकिने सरकारको प्रक्षेपण छ ।
तर सरकारको उक्त निर्देशन भने बर्तमान सरकार निकटकै जिम्मेवार जनप्रतिनिधीलेनै उल्लंघन गरेका छन् ।


आइतबार साना किसान कृषि सहकारी संस्था लि.सलाङले सिद्धलेक गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने गरी आयोजना गरिएको एक कार्यक्रममा सिद्धलेक गाउँपालिका प्रमुख प्रेमनाथ सिलवालले चेक बुझ्दै ह्याण्डसेक अर्थात् (हात मिलाएका) छन् ।


गाउँपालिका प्रमुख सिलवालले साना किसान कृषी सहकारी संस्था लि. सलाङका अध्यक्ष डिल्ली प्रसाद पाठकसंग ह्याण्डसेक गर्दै पाठकको हातवाट सहकारी संस्थाको चिठी र कुमारी बैंक लि. को रु.१ लाखको चेक समेत बुझेका छन् । जुन कार्यक्रममा गाउँपालिका प्रमुख सिलवालले सामाजिक दुरी कायमको समेत उल्लंघन गरेका छन् ।


गाँउपालिकामा कोरोना संक्रमण बढ्न नदिन तथा अन्य रोगको संक्रमण हुन नदिन आफु सरकारको निर्देशन तथा सरकारको अपिल पुर्ण रुपमा पालना गर्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका प्रमुख सिलवालले हात नमिलाँऔँ र सामाजिक दुरी कायम गरौँ भन्ने बँुदाको उल्लंघन गरेका हुन् ।


यतीसम्मकी सिलवालले आफुले ह्याण्डसेक गरेको र सामाजिक दुरी कायमको समेत उल्लंघन गरेको उक्त तस्विर सामाजिक संजालमा समेत सार्बजनिक गरेका छन् । सार्वजनिक गरेसंगै सिलवालको चर्को बिरोध भएको छ ।


उनलाई कयौँले यस समयमा ह्याण्डसेक गर्न नहुने, सामाजिक दुरी कायमको पुर्ण पालना गर्नुपर्ने भन्दै चर्को आलोचना गरेका छन् ।


सिद्धलेक गाउँपालिका प्रमुख प्रेमनाथ सिलवालले साना किसान कृषी सहकारी संस्था लि. सलाङले गाउँपालिकाको प्रकोप व्यवस्थापनमा गरेको सहयोग प्रती धन्यवाद ब्यक्त गर्दै उक्त तस्विर सार्वजनिक गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस