सनसिटीबाट अस्पताल लगिएका २ जनामा कोरोना पुष्टि, एकको रिपार्ट आउन बाँकी !

दियो पोस्ट  

काठमाडौँ, वैशाख २ । सोमबार पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएका तीन जनामध्य दूई जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

सोमबार र्यापिड टेस्टबाट उनिहरुमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि तत्काल पाटन अस्पताल लगिएको थियो ।

तीन जनामध्य एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनिहरु तीनै जना एकै परिवारका हुन् । उनिहरु २८ दिनअघि वेलायतबाट नेपाल फर्केका थिए ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ ।