ज्वालामुखि ३ मैदीका युवामा कोरोना भाइरस संक्रमण देखिएन, अन्तिम नतिजा यस्तो आयो

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता
धादिङ, ५ वैशाख । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ अमराइँका दीपक सापकोटालाई नोवेल कोरोना भाइरस १९ को संक्रमण नरहेको पाइएको छ ।
जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकका अनुसार सुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट परिक्षणपछि कोरोना भाइरस कोभिड १९ नरहेको अन्तिम नतिजा आएको हो । टेकु अस्पतालमा उनीहरुको पिसिआर टेष्ट भएको थियो ।


उनका अनुसार त्रिपुरा सुन्दरी गाउँपालिकाका अमित परियारको पनि कोरनो भाइरस संक्रमण नभएको प्रमाणित भएको छ ।
ज्वालामुखि गाउँपालिका वडा नम्बर २ मैदीमा र्यापिड परिक्षणको क्रममा ज्वालामुखि ३ अमराइँका दीपक सापकोटालाई कारोना भाइरस संक्रमण भएको हल्ला ज्वालामुखि गाउँपालिकाका स्वास्थ्य प्रमुख सुजन श्रेष्ठले फैलाएका थिए । कोरोना संक्रमणको हल्ला फैलिएपछि उनलाई अस्पताल लैजान समेत मुष्किल भएको थियो ।

सम्बन्धित खबर

सिफारिस