सामाजिक सञ्जालमा चर्चित पूर्वसचिव भिम उपाध्याय साइबर अपराधमा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, १० वैशाख । सामाजिक सञ्जालमा निकै चर्चित पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन्। साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।

केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो। उनका केही स्ट्याटस निकै विवादित समेत हुने गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस