
काठमाडौँ — सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको एक मन्त्रीले सञ्चार माध्यमलाई बताएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। यसअघि लकडाउन केही खुकुलो गर्ने बहस समेत चलेको थियो । तर, सरकारले खुकुलो पार्ने निर्णयलाई थाँती राखेर लकडाउन थप मजबुत बनाउने निर्णय गरेको छ ।