काठमाडौँ, १८ वैशाख – कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटे । तर, प्रहरीले उनलाई लगत्तै अदालत परिसरबाट पक्राउ गरेको छ ।
सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत अनुसन्धान गर्ने भएपछि उनलाई पक्राउ गरिएको हो । उनीमाति अकुत सम्पत्ति आर्जनको मुद्दा समेत दर्ता भएको थियो ।
कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवालसँग न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेक बहसपछि २५ लाख ५० हजार धरौटी बुझाएर छुटेका थिए ।