कोरोनाको बिमा दाबी भुक्तानी दिन नेको इन्स्योरेन्स असफल : ७ महिनासम्म झुलाएको खुलाशा !

कोरोनाको बिमा दाबी भुक्तानी दिन नेको इन्स्योरेन्स असफल : ७ महिनासम्म झुलाएको खुलाशा !

काठमाडौं, २२ चैत्र । नेको ईन्स्योरेन्स प्रा.लीले विमा भुक्तानी नदिएको खुलाशा भएको छ ।
कोरोना संक्रमणबाट मुक्त भएर रिपोर्टसहित भुक्तानीका लागि निवेदनदिएको एक वर्ष ६ महिना बित्न लाग्दा पनि दाबी भुक्तानी नदिएको गुनासो बढ्न थालेको हो ।


धादिङ घर भएका निल कुमारी शाहीका अनुसार नेको इन्स्योरेन्सले उनीबाट १ लाख रुपैयाँ बिमा भूक्तानी गर्ने भन्दै शुल्कबापत ६ सय रुपैयाँ असुल्यो तर, रिपोर्ट र सिफारिस पेश गरेको ६ महिना बित्न लाग्दा पनि बिमा दाबी भूक्तानी भने दिएको छैन ।


उनको श्रीमान रामकृष्ण अधिकारीसहित उनीहरुले कुल २ लाख रुपैयाँको कोरोना बिमा गरेका थिए । कोरोना संक्रमित भएर निको भएपछि रिपोर्ट र सिफारिसको आधारमा पाउनुपर्ने उक्त बिमा रकम पाउनुपर्ने माग गर्दै उनीहरुले जिल्लादेखि केन्द्रसम्म धाइसकेका छन् । ‘हामी बिमा दाबी भूक्तानीका लागि जिल्लाका प्रमुखलाई पटकपटक गुनासो गरिरहेका छौँ तर पनि भुक्तानी पाएका छैनौँ,’ निलकुमारी अधिकारीले भनिन्,‘बिमांक रकम भक्तानीको लागि हार गुहार गर्दैमा वर्षदिन बित्ने भो ।’
यता अर्का कोरोना संक्रमितले भने नेकोबाटै कोरोना बिमा गराएका थिए । तर, उनले पनि रिपोर्ट र सिफारिस पेश गरेको वर्षदिन बित्न लाग्दा पनि भुक्तानी नपाएको गुनासो गरे । ‘नेको ईन्स्योरेन्स गैरजिम्मेवार रहेछ । कोरोना पोजिटिभ भएका विमाकर्तालाई अल्मल्याइएको छ । असोजमा मैल बिमा दाबी गरेको थिएँ,’ उनले भने,‘अहिलेसम्म भूक्तानी पाएका छैनौँ ।’


नेको ईन्स्योरेन्समा निर्जिवन विमा, गाडी विमा र सडक दुर्घटनाको विमा गर्नेहरुको पनि उस्तै गुनासो आएको छ । ‘मैले गाडीको दुर्घटना बिमा गराएको थिएँ । बिमा गरेको केही महिनापछि पृथ्वीराजमार्गमा मेरो गाडी दुर्घटनामा पर्यो,’ अर्का एक पीडितको गुनासो छ,‘प्रहरी रिपोर्टसहित बिमा भुक्तानीको लागि दाबी गरेको ११ महिना पुग्न लागिसक्यो तर भुक्तानी भएको छैन ।’
नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्का हुन् ।

यता नेको इन्स्योरेन्स निकट स्रोतले भने सिइओ खड्काकै असफल व्यवस्थापनका कारण कोरोना बिमा दाबी भुक्तानी हुन ढिला भएको बतायो । यद्धपी कम्पनिका क्लेम डिपार्टमेन्ट हेर्ने बिधानसिंह बस्नेतले सरकारलाई दोष दिए ।


उनले स्वास्थ्य मन्त्रालयले पठाएको डाटा नमिलेको कारण भुक्तानी हुन नसकेको दाबी गरे । यद्धपी चार हजार बिमा दाबी मध्ये आफूहरुले १५ सय जनाको भुक्तानी गरेको उनको दाबी छ ।

Trending News