दुर्गा प्रसाइँलाई वाईसिएल नेताको चुनौती,‘पहिले मेरो भालेको पैसा तिर !’

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र २२, २०७८ | १७:३२:१५

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य दुर्गा प्रसाईले भक्तपुरमा आयोजित तरकारी बजार उद्घाटन समारोहमा माओवादीले २ सिट जिते भएभरको सम्पत्ति दिन्छु भन्ने अभिव्यक्ति दिएका थिए । चर्चा र विवादमा आइरहने प्रसाइँलाई माओवादी निकट वाईसिएलका एक नेताले आफूबाट लगेको भालेको पैसा दिन माग गरेका छन् ।

वाईसिएलका नेता मनरथ खतिवडा ‘हिमशिखर’ले प्रसाइँले आफ्नो भाले खाएको पैसा नदिएको आरोप लगाए । ‘मसँग लगेको भालेको पैसा नतिर्ने डाँकाले भए भरको सम्पत्ति उनीहरुले ईच्छाएको व्यक्तिलाई दिन्छु र विन्द्रावन जान्छु भनेछ,’ खतिवडाले लेखेका छन्,‘ए डाँका लुटेर ठगेको सम्पत्तिमा धाक नदेखा पहिला मेरो भालेको पैसा तिर ।’

यता प्रसाइँले भने एक रेडियो अन्तर्वार्तामा आफूले त्यस्तो नगरेको बताएका छन् । उनले खतिवडा र वाइसिएलका पूर्व अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखामाथि विभिन्न आरोप लगाएका छन् ।

पूर्व माओवादी कार्यर्ता प्रसाईं एमाले प्रवेश गरेपछि माओवादी नेता कार्यर्तामाथि विभिन्न आरोप लगाउँदै आएका छन् । पछिल्लो समय उनीमाथि माओवादी कार्यकर्ता पनि प्रसाइँमाथि खनिएका छन् ।

 

 

सम्बन्धित खबर