जाँदाजाँदै लेखाका इन्सपेक्टरमाथि शैलेन्द्र खनालको कृपा : १० बाट एक नम्बरमा बढुवा !

दियो पोस्ट  

काठमाडौं । सशस्त्र प्रहरीको महानिरिक्षकबाट केहीदिन अघि मात्रै अवकाश पाएका पूर्व आइजिपी शैलेन्द्र खनालले जाँदाजाँदै आफू निकटलाई कृपा गरेको पाइएको छ ।
खनाल आइजी रहँदा लेखा शाखामा बसेर योगदान पुर्याए लाखौँ रुपैयाँ कुम्ल्याएको आरोप लागेका एक जना इन्सपेक्टर खनालकै कृपामा बढुवा भएको स्रोतले जनाएको छ ।

यसअघि १० नम्बरमा रहेका इन्सपेक्टर गणेश बहादुर मल्ललाई खनालले अस्वभाविक नम्बर दिएर एक नम्बरमा बढुवा गरेको आरोप छ । गत चैत्र २४ गते प्रकाशित बढुवा सिफारिस सुचना अनुसार मल्लको नाम एक नम्बरमा छ । उनको सशस्त्र प्रहरी इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएको हो ।