छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा ३ जनाको शव फेला

दियो पोस्ट

काठमाडौं । विभिन्न स्थानबाट लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ स्थित चाल्ना खेलमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूषको शुक्रबार मृत अवस्थामा शव फेला परेको छ ।
साथै काठमाडौंको महानगरपालिका–९ सिनामंगल भत्केको पुल नजिक हाल नाम, थर, वतन, नखुलेका करिब ४५ वर्षीय पुरुषको शुक्रबार मृत अवस्थामा शव फेला परेको छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–५ रामबाग बस्ने ५५ वर्षीय राम बहादुर गुरुङको आफ्नै घरमा शुक्रबार मृत अवस्थामा शव फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस