माओवादी मधेस प्रदेश सरकारबाट बाहिरियो

दियो पोस्ट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेलगत्तै माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको हो।

गठबन्धनको मर्म र भावनाविपरीत मुख्यमन्त्रीले एकलौटी रूपमा कांग्रेसका मन्त्रीहरूलाई शपथ गराउने निर्णय गरेपछि मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरतकुमार साहले जानकारी दिए। माओवादी केन्द्रबाट मधेस प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका थिए। नेता साहले मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको बताए।

सम्बन्धित खबर