यामाहा नेपालको ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौँ । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकको उत्सवस्वरूप बहुप्रतीक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट-२०८२ सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिक प्रतियोगितामा सहभागी भएका थिए।

यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सिप परीक्षण गर्न डिजाइन गरिएको थियो।

प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभालगायतका चरण पार गरेका थिए। यसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता देखाउने प्लेटफर्म प्रदान गरेको यामाहा नेपालले जनाएको छ।

कन्टेस्टमा सुकदेव कुमार माझी विजेता बने। यस्तै रोनित श्रेष्ठ प्रथम उपविजेता तथा सागर त्वाती र विनोद चौधरी दोस्रो उपविजेता भए।

यस अवसरमा, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले प्रतियोगिताले यामाहा नेपालको जनशक्ति, नवप्रवर्तन र तालिममा लगानी गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको बताए। यस्तो कार्यक्रम प्रतिस्पर्धाको मात्र विषय नभई सिकाइ, विकास र परिवर्तनशिल दुईपाङ्ग्रे प्रविधिमा उत्कृष्टता हासिल गर्ने यात्राको उत्सव रहेको बताए।

यामाहा नेपाल दक्ष जनशक्ति विकास गर्दै नेपालभर उत्कृष्ट सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतामा अडिग रहेको जनाएको छ।

सिफारिस