काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बकम्फूसे’को संज्ञा दिएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् । “प्रधानमन्त्री ज्यूले घर–घरमा ग्याँसको पाइप जोड्छु, सिलिण्डर युग अन्त्य गर्छु भन्नु भएको थियो । तर नीति तथा कार्यक्रममा यो कुरा आएन” मंगलबार व्यवस्थापिका संसद बैठकमा धारणा राख्ने क्रममा गुरुङले भने, “मैले शब्दकोषमा हेरेँ– भनेको पुरा नगर्नुलाई बकम्फुस भनिदो रहेछ । यस्तो कुरा गर्नेलाई चाहिँ बकम्फुसे । म मेरो प्रधानमन्त्री ज्यूलाई कसरी बकम्फुसे भन्न सक्छु ? सभामुख ज्यू ।”
राष्ट्रपति विद्या भण्डारीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको समेत गुुरुङले आलोचना गरेका छन् । उनले भने, “नीति तथा कार्यक्रम पुरानो बोतलमा पुरानै रक्सी जस्तै हो ।”