‘पूर्व राजा ज्ञानेन्द्र र शेरबहादुर विरुद्धको मुद्दा हामीसँग छ’

दियो पोस्ट  

काठमाडौं, ३१ वैशाख । राज्य द्वारा बेपत्ता परिवार समाजका अध्यक्ष एकराज भण्डारीले आफूहरुसँग पूर्व राजा ज्ञानेन्द्र शाह र शेरबहादुर देउवा विरुद्धको मुद्दा आफूहरुसँग रहेको खुलासा गरेका छन् । राजधानीमा शुक्रबार युद्धकालिन मुद्दाको विषयमा भएको अन्र्तक्रियामा उनले यस्तो खुलासा गरेका हुन् ।

Ekraj-Bhandari


‘म पहिलोपटक यो खुलासा गर्न गइरहेको छु’ भण्डारीले भने, ‘पूर्व राजा ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नरसंहार गरेको मुद्दा मसँग छ ।’
सशस्त्र द्वन्दको बेला तत्कालीन राजा, प्रधानमन्त्री र नेताहरुको मुद्दा समेत आफूसँग सुरक्षित रहेको उनको भनाई थियो । भण्डारीका अनुसार कांग्रेस नेता खुमबबहादुर खड्का, पूर्व गृह राज्य मन्त्री देवेन्द्र कंडेल विरुद्धको मुद्दा सुरक्षित रहेको छ ।