काठमाडौं, ३ जेठ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीको भनाईको खण्डन गरेका छन् । प्रधानमन्त्रीको भनाई प्रति महतोले कडा शब्दमा आपत्ति समेत प्रकट गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा भईरहेको सिंहदरबार घेराउ कार्यमक्रमलाई प्रधानमन्त्रीले तमासाको संज्ञा दिएका थिए ।
“प्रधानमन्त्रीले हाम्रो आन्दोलनलाई तमासा भन्ने हो ? के ठान्नु हुन्छ ओलीजी आफूलाई ?” आक्रोशित हुंदै महतोले भने, “सारा पावर उहाँसंगै छ। अनि केको घुर्की देखाएको होलारु हिम्मत छ भने आन्दोलनकारी माथि कार्रवाही गरेर देखाउनुस्।“प्रधानमन्त्रीलाई तमासा हेर्न शौख छ भने भोलि हामी बालुवाटारमा यो तमासा देखाउने छौं, हिम्मत भए कार्वाही गरुन ।”
सिंहदरबार घेराउको क्रममा दक्षिणी गेटको धर्नामा रहेका महतोले प्रधानमन्त्री ओलीको निकै आलोचना गरे ।