विहारमा गुट्खा, पान मसालामा पनि प्रतिबन्ध

दियो पोस्ट  

काठमाडौं, ८ जेठ । भारतका विहार राज्यमा अब गुटखा पान मसलामा पनि प्रतिबन्ध लगाईएको छ ।

एक वर्षको लागि लगाइएको प्रतिबन्ध शनिबारदेखि लागु भएको छ । यद्धपी यो प्रतिबन्ध एक वर्षको लागि मात्रै लगाइएको बीबीसी हिन्दीले जनाएको छ ।
राज्य सरकारद्वारा जारी गरिएको आदेशमा भनिएको छ,गुट्खा वा पान मसला बनाउन, एकस्थानबाट अर्को स्थानमा लैजान र जम्मा गर्न पुै प्रतिबन्ध लगाईएको छ ।’
खाद्य विभाग सम्बन्ध अधिकारीले गुट्खा र पान मसाला कम्पनिमा अनुन्धान तथा छापामार्न निर्देशन दिएका छन् ।
यदि दोषी भेटियो भने, खाद्य संरक्षण एवं मानक अधिनियम, २००६ अनुसार कारबाही हुने जनाइएको छ ।

सरकारले गत वर्षदेखि विहारमा मदिरा व्यापार तथा सेवनमा प्रतिबन्ध लगाएको थियो ।
दिल्लीमा पनि गुट्खा र पान मसलामा प्रतिबन्ध लगाईएको छ ।
गुट्खा तथा धुम्पानको सेवनबाट मानिसमा क्यान्सरको रोग देखिन्छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ