काठमाडौं, जेठ १३ । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर शुक्रबार बिहान नेपाल फर्किने धएकाछन् । बहिनी मनिषाको ज्यान गएको खबर पाएपछि बिमल घर फर्कन लागेको एन्फाले जनाएको छ । घुँडामा समस्या देखिएपछि विमल दुई साता अघि उपचारका लागि बेल्जियम गएका थिए ।
पोस्टमार्टमका लागि मनिषाको शव टिचिङ ल्याइने
शंकस्पद अवस्थामा घरमा मृत अवस्थामा फेला परेको उनको शवको पोस्टमार्टम गर्नका लागि टिचिङ अस्पताल ल्याइने भएको हो ।
नवलपरासी प्रहरीका अनुसार मनिषा घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन् । ‘उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिन्छ । कोठामा रगतको दाग पनि भेटिएको छ, प्रहरी स्रोतले भन्यो ।
प्रहरीलाई छिमेकीले जानकारी गराए अनुसार मनिषा घरमा एक्लै भएको अवस्थामा एकजना केटा घरमा आएको र उनीहरूबीच झगडा परेको थियो । झगडा गरेर केटा बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् ।