अस्मिता खड्का
काठमाडौं, १७ जेठ । ‘युवाहरु समाज परिवर्तनका संवाहक हुन्’ । साच्चै यो भनाई जस्तै समाज परिवर्तनमा सक्रिय भूमिका खेल्ने युवाहरुको समुह हो ‘भूकम्प स्वयमसेवक’ ।
गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि यो समुहले भूकम्पपीडितको उद्धार तथा राहतमा निकै सक्रियता देखायो । भूकम्प आएको दिन राजधानीको टुँडिखेलमा विरामीको उद्धारमा खटिएदेखि अहिलेसम्म अभियान जारी छ ।
भुकम्पछि यो समुहमा २५ सय भन्दा बढी युवाहरु जोडिन आए । ‘कसैले हप्ता दिन काम गरे , कसैले एकमहिना केहीले अहिलेसम्म गरिरहेका छौं,’ कोअर्डिनेटर अरुण खड्काले भने, ‘अहिले २ सय युवाहरु सक्रिय रुपमा पुनर्निर्माणमा लागेका छौं ।’
उनका अनुसार स्वयमसेवक टोली सबै जिल्लाहरुमा सक्रिय बनेको थियो । ‘टुँडिखेलबाट सुरुभएको हाम्रो यात्रा देशभर सक्रिय बन्यो,’ अरुणले सम्झिए, ‘साथीहरु जो सँग फोनमा कुरा भैरहन्थ्यो, हामी भेट्यौ । हामीले रियलाइज गर्यौं । धेरै युवाहरु जो भुकम्पको दोस्रो दिनदेखि काठमाडौं छाड्दै थिए त्यसपछि रेस्क्युको लागि सजिलो होला भन्ने उदेश्यले हामीले ‘क्वेक भोलुन्टीयर’ स्थापना गर्यौँ ।’
भूकम्पपछि यो संस्थाले सहयोगको आग्रह गरेपछि २४ घण्टाभित्र ३० जना युवाहरु सम्पर्कमा आए । ‘हामी काम गर्न चाहान्छौं’ भन्दै नयाँ साथीहरु आए,’ अरुणले भने, ‘ हाम्रो कनेक्सनमा जति आए, तेस्रो दिन ११ बजे सबै साथीहरुलाई बोलायौँ र ओरियन्टेसन दियौँ ।’
सचेतनापछि युवाहरु राजधानीको टुँडिखेल सरसफाई गर्न अघि बढे । आफूहरुसँग भएको भोलिन्टीयर बारे अन्य संस्थालाई पनि खबर भयो । ‘त्यतिबेला सामनहरु पुर्याउनु पर्ने हुन्थ्यो तर सहयोगी हुँदैन थियो त्यो बेला हामीले स्वयंम सेवक खटाउँथ्यौं,’ अरुण भन्छन्, ‘तत्कालै त्रिपाल र ब्ल्यांकेटहरु बोकेर गाडिमा लोड गर्ने मान्छेहरु थिएन । ११÷१२ जना असनको भित्री गल्लीको ४÷५ तला माथीबाट त्यो ब्ल्यांकेटहरु बोकेर ल्याउदै मिनी ट्रकमा लोड गर्दै गयौं । भूकम्पले हल्लीएको बेला काम गरेको देखेर केही साथीहरु मसँग रिसाउँदै थिए ।’
युवा भोलिन्टिएरले रिलिफ वितरण गर्ने , भत्केको भग्नावशेषहरु हटाउने काम ग¥यो । युवाहरुको समुह विभिन्न काममा विभाजित बनेको थियो । कसैलाई स्वास्थ्यको जिम्मा पथ्र्यो । कोहीले बालबालीका, कोहलिे सामाजिक मानसीक स्वास्थ्यको जिम्मा लिएका थिए । ‘तल्काल हामीले उपत्यकाको लागि विभिन्न ठाउँमा चाईल्ड केयर सेन्टर स्थापना गर्यौ,’ खड्काले सम्झिए, ‘ र दुई दुई जनाको ग्रुप बनाएर ३० ठाउँमा सेवा दियौ । र दुई महिनासम्म टुडिखेलमै केन्द्र स्थापना गरेर काम गरिरह्यौं ।’
के के काम गर्यो युवा स्वयंसेवकले ?
कोअर्डिनेटर अरुण खड्काको रेकर्डमा भूकम्पपछि ५ हजार परिवारमा स्थानमा राहत वितरण गरिएको छ । कयौं घर बनाउने र टेन्ड बाँड्ने कामसँगै अघि बढ्यो । ‘हामीले उनीहरुलाई २÷४ वर्ष बस्न हुने घर चाँहि लगभग ३५० वटा बनायौं’ खड्काले भने ।
राजधानी मात्रै होईन राजधानी बाहिर पनि यो समुह सक्रिय बन्यो । भूकम्प आएको चौथो दिन रिलीफ लिएर काठमाडौ बाहिर धादिङ पुगिसकेको थियो । सिन्धुपाल्चोकमा एउटा टिम तत्कालै पुग्यो । त्यस्तै रसुवा, नुवाकोट गोरखा, लगायतका जिल्लाहरु पुग्यो । ‘त्यतिबेला हामीसँग ३० वटा ग्रुप बनेको थियो एउटा ग्रुपमा २० जना हुन्थ्यो,’ अभियानकर्ता बेली आलेमगरले भनिन्, ‘कपडाको स्यानीटरी प्याड बनाउनको लागि १२ देखि १५ जनाको ग्रूप बनाएका थियौं ।’
यो समुहले भक्तपुर, ललितपुर, रसुवा, नुवाकोटमा भूकम्पपीडितहरुको लागि घर समेत बनाएको छ ।
२५ वटा विद्यालयहरु निर्माण गर्यो । अन्य संस्थाको लागि चाहिने स्वयमंसेवकहरु पनि उनीहरुले पठाए । भूकम्पको बेला बालबालीकाहरुको स्वास्थ्यबारे सचेत गराउने मात्रै होईन, यो समुहले ‘मोटीभेसन’ क्याम्पहरु पनि चालायो । ‘करिब २ हजार इभेन्टहरु गर्यौं होला,’ अरुनले भने, ‘जुन फरक फरक स्कुल र समुदायमा सञ्चालन गरिएको थियो ।’
सरकारी तवरबाट भने उनीहरुलाई एउटा परिचय पत्र दिएको थियो । ‘सरकार अलि ढिलो भयो, तर हाम्रोमा सरकारले सबै काम गरिदिए हुन्थ्यो, या सरकारले केहीपनि गरेन भन्ने कुरा आउँछ । विपतको बेलाको सरकार हामी हौं,’ उनले भने, ‘सरकारलाई मात्र दोष दिने जनताको बानी त्यागौं ।’
सरकारलाई आफूहरुले सहयोग गर्न चाहाँदा पनि अस्विकार गरिएको अरुणको भनाई छ ।
‘हामीले सरकार र सामाजिक संस्थालाई सहयोग कक्ष राख्नको लागि भोलुन्टीयर पठाउन सक्छौं भन्यौं । तर, उहाँहरुले मान्नु भएन । खासमा व्यक्तीगत रुपमा डराएर नगर्नु भएको रहेछ ।’
तर यो घटनाले उनीहरुलाई ठूलो शिक्षा भने दिएको छ । किन भने अब हुने विपतहरुमा आफै सहयोगी कक्ष राख्ने सोच आएको छ ।
‘ब्ल्याक क्याट’ ग्रुप । जोसँग सयौं वाईक थिए । गाह्रो साह्रोमा परेका मान्छेको उद्दार गर्थे । त्यस्तै एउटा ‘अरेन्ज ग्रुप’ निकै फास्ट थियो । उनीहरु ओरेन्ज कलरको ज्याकेट लगाउँथे । अनी अर्को वाइकर्स ग्रुप जो कसैलाई वाईक चाहिए ‘हामीलाई भन्नु भन्थे’ त्यस्तै अर्को कलेज ग्रुप भन्ने पनि थियो । ती समुहरु भूकम्प स्वयमसेवक बने । उनीहरुले भरपुर सहयोग गरे । ‘समाजसँग मतलब नभएका, सामाजिक काम भनेको हामीले गर्ने होईन अरुले गर्ने हो भन्ने युवाहरु पनि काममा आए,’ उनले भने, ‘ नेपालदेखि रिसाएका, ‘म याँ बस्ने होईन विदेश जाने हो’ भन्नेहरु पनि समुहमा आएर काम गरे ।
युवाहरुको यो समुहसँग ‘ईमर्जेन्सी रेस्पोन्स’ पनि छ । यसमा भुकम्पसँग सम्बन्धित मात्रै नभएर अन्य समस्याहरु समेत हेन सकिन्छ । ‘हुम्लामा महामारी भयो, र भाईरलको कारणले महामारी फैलीएकोको कुरा खबर पाएपछि तत्कालै औषधि पायौं र हामीले करिब १४ क्विन्टल औषधि त्याँ पठाउन सक्यौ,’ बेलीले भनिन्, ‘महामारी संगै खाद्यान्न अभाव भयो भने पनि हेर्नु् हुन्छ ?
युवाहरुको यो समुह पानीको ट्याङ्की बनाउन पनि सक्रिय छ । कुनै गाउँमा पानीको मुहान सुक्यो भने ‘इमरजेन्सी रेस्पोन्स’ मार्फत त्यहाँ पुगिहाल्छ ।
उनीहरुले भूकम्पपीडितहरुका लागि दिर्घकालिन लक्षहरु पनि अघि सारेका छन् ।
‘भुकम्पले घरहरु भत्केको छ र परिवारको सदस्य गुमेकाहरुका लागि आर्थिक सहयोगका लागी केही कार्यक्रम गर्दैछौं । कृषिलाई सुधार गर्ने र शिक्षाको कुरालाई बल दिनेछौं,’ बेलीले भनिन, ‘जसमा ग्रामीणका दलित समुदाय, माझी समुदाय, मुसहर समुदायका अशिक्षित बालबालीका एक वर्षको लागि ट्युसन कार्यक्रम ल्याएका छौं । जसले गर्दा उनीहरुको पढाईमा सुधार हुने आशा लिएका छौं ।’
अबको कार्यक्रम ?
यो समुहले अब तत्काल राहतको कार्यक्रमलाई अगाडी बढाउने भएको छ । संकटका बेला ईमरजेन्सी स्ट्यान्डवाई टोली सक्रिय बनाउने योजना छ । बर्खा याम सुरु भएपछि हुनसक्ने बाढी पहिरोलाई विशेष प्राथामिकतामा राखिएको छ । त्यसो त सिन्धुपाल्चोकको जुरेमा आजभन्दा दुई वर्षअघि गएको पहिरोमा समेत यो समुहले तत्काल पाल पुर्याएको थियो ।
भूकम्पको समय युवाहरुको यो सक्रियता निकै थियो । ‘त्यतीबेला हामीले १८ देखि २० घण्टासम्म प्रत्येक दिन काम गर्थ्यौ ।
कहिलेकाँही साथीहरुले सुत्न पनि पाएनौं । हामीले करिब ५ हजार वटा जती ब्ल्यांकेटहरु बाड्यौ,’ बेलील भनिन्, ‘ हामी पुग्थ्यौं, जहाँ ब्ल्यांकेटहरु पुगेको छैन त्यहाँ ।’