रत्ननगर ९चितवन०, ६ जेठ । पाँचवर्ष अघि चितवनका अर्जुन लामिछानेले सामुहिक लगानीमा दुई बिगाहा क्षेत्रमा माछापालन गर्नुभएको थियो । तर अहिले उहाँ आफू एक्लैले तीन बिगाहामा माछापालन गर्दै आएका छन् ।
“पहिला थोरै माछा पालेको थिएँ, अहिले लगानी थपेरै मैले माछापालन क्षेत्र बढाएको छु,” लामिछानेले भने – “त्यो बेला माछा पाल्न सुरु गर्ने सबै किसान अहिले व्यावसायिक भइसके ।” करिब दोब्बर भन्दा बढी क्षेत्रफल जमिनमा माछापालन भइरहेको उहाँको भनाइ छ ।
उनले मात्रै होइन नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष जोगेन्द्र महतोले पनि माछापालन क्षेत्र विस्तार गर्नुभएको छ । सुदर्शन दवाडीले शिखर माछापालन फार्म नै दर्ता गरेर व्यावसायिक माछा उत्पादन थालेका छन् ।
जिल्लामा सबैभन्दा बढी सप्तगण्डकी माछापालक फार्मले २० बिगाहामा माछा पालेको छ । सबैले पाँच वर्षको अन्तरालमा माछामा लगानी थपेको अध्यक्ष महतो बताउँ छन् ।
उनका अनुसार जिल्लामा २०६७ सालतिर करिब १५० हेक्टर जलाशयमा माछा पालिन्थ्यो । अहिले बढेर ५०४ हेक्टर पुगेको छ ।
जलाशय ५०४ हेक्टर भए पनि समग्र क्षेत्रफलका हिसाबले भने माछापालनका लागि ८०० हेक्टर प्रयोग भइरहेको महतोले जानकारी दिनुभयो । सरकारी तथ्याङ्कमा आर्थिक वर्ष २०६६÷६७ सालमा चितवनमा १३७ हेक्टरमा मात्रै माछापालन हुन्थ्यो र उत्पादन करिब ५०० मेट्रिक थियो ।
उत्पादकत्व समेत वृद्धि भएकाले अहिले वार्षिक करिब पाँच हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको महतोको भनाइ छ । विसं २०६६ देखि अहिलेसम्म कुल ३६७ हेक्टर क्षेत्रफल बढेको देखिन्छ ।
उहाँका अनुसार मोटामोटी रुपमा वार्षिक यहाँ करिब रु एक अर्बको माछाको कारोबार हुन्छ । यहाँ माछा प्रतिकिलो रु २०० देखि रु २३० मा बिक्री हुँदै आएको छ ।
मत्स्य व्यावसायी सङ्घले दिएको तथाङ्क अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा माछा उत्पादनको ०।०१ प्रतिशत योगदान रहेको छ । कृषिमा यसको योगदान ३ प्रतिशत छ । चितवनमा अहिले दुई हजार ७३ भन्दा बढी माछापोखरी छन् भने एक हजार १७२ किसान माछा पालनमा सक्रिय छन् ।
जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार केही वर्षदेखि क्षेत्र विस्तार कार्यक्रम लागू भए पनि माछापालनका लागि नयाँ पोखरी खन्ने क्रम बढेको छ । कार्यालयका प्रमुख सोमनाथ घिमिरेले नयाँ स्थानमा पनि माछापालनका लागि पोखरी निर्माणको क्रम केही वर्षदेखि बढेको जानकारी दिए ।
माछाको उपभोग बढाउन यही जेठ १४ र १५ गते मत्स्य उत्सवकाृ आयोजन गर्न लागिएको मत्स्य व्यवसायी सङ्घले जनाएको छ ।