उपभोक्ता ठगिँदै

दियो पोस्ट  

बेनी म्याग्दी०, ९ जेठ । जिल्लाको सहरी र ग्रामीण भेगका बजारका पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची टाँस नगर्दा उपभोक्ता ठगिने गरेका छन् ।

मूल्य सूची नटाँस्दा तथा सम्बन्धित निकायले बेलाबेलामा बजार अनुगमन नगरेकै कारण उपभोक्ता ठगिने गरेका हुन् । उपभोक्ता मूल्यसँगै वस्तुको गुणस्तर र तौलमा समेत ठगिँदै आएको उपभोक्ताको गुनासो छ । जिल्लाका बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर, दरवाङलगायत बजारका पसलमा मूल्य सूची टाँसेको पाइँदैन ।

बिक्रेताले वस्तुको मूल्य जति माग्यो उपभोक्ता उति नै तीर्न बाध्य छन् । वस्तुको मूल्यबारे जानकारी नहुँदा उपभोक्ता ठगिएका हुन् । बजारमा पसलैपिच्छे सामानको मूल्य फरक÷फरक छ । अखाद्य वस्तुको मिसावट, कम तौल, न्यून गुणस्तरका कारण समेत उनीहरु ठगिँदै आएका छन् ।

बाबियाचौर बजारस्थित एक पसलबाट केही दिनअघि ३० किलो तौल भनिएको चामलको बोरा खरिद गरेर जोख्दा २८ किलो मात्र भएको पाइएको स्थानीय भीमबहादुर कार्कीले बताए । यस्तै सिमेन्ट, छड्, मलखाद, जिराधनियाँ, तोरीको तेल, मैदाजस्ता वस्तुमा विभिन्न वस्तुको मिसावट तथा तौलमा कमी पाइएको छ । वर्षौँदेखि जिल्लामा खाद्य निरीक्षकको अनुपस्थितिका कारण व्यापारीले मूल्य सूची टाँस नगरेको र न्यून गुणस्तरका सामान बिक्री गर्ने गरेका पाइएको छ ।

सम्बन्धित खबर