नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा धादिङका दुई नेता छानिए

दियो पोस्ट  

दियोपोस्ट संवाददाता
धादिङ, १०  जेठ । नवगठित नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा धादिङ जिल्लाबाट दुई जना नेताहरु मनोनित भएका छन् । एमाओवादीमा रहेर मजदुर संगठनमा सक्रिय रहेका नेता जगत सिंखडा र धादिङका एमाओवादी सचिव धनबहादुर बुर्लाकोटी ‘बिजय’ छनौटमा परेका हुन् ।
केन्द्रीय समितिमा रहेका सिंखडा र बुर्लाकोटी युद्धकाल देखि नै माओवादीमा लागेका जिल्ला नेताहरु हुन् । मजदुरको अधिकारको लागि संघर्ष गर्दै आएका सिंखडा माओवादी निकट मजदुरहरुमा लोकप्रिय छन् । यता बुर्लाकोटी युद्धकालमा प्रवास ब्युरोमा काम गरेका नेता हुन् ।
एमाओवादीले पार्टी एकता घोषणा गरेपछि केन्द्रीय समितिका सदस्यहरुको बढुवा गरेको हो । केही दिन अघि नेकपा क्रान्तिकारी माओवादीका तर्फबाट रामबहादुर थापा बादल सहित १० माओवादी घटकको एकतापछि नेकपा माओवादी केन्द्र बनेको थियो ।

सम्बन्धित खबर

सिफारिस