‘शहिदकी श्रीमती ताक्ने’ भन्दै माधव नेपालले कसलाई संकेत गरे ?

दियो पोस्ट  

दियोपोस्ट संवाददाता
काठमाडौं, १६ जेठ । ‘मदन भण्डारीको हत्याको केही वर्षपछि एमाले केन्द्रीय कार्यालयको प्राङ्गणमा शिर्ष नेताहरु गफिदै थिए । अष्टलक्ष्मि शाक्य, माधव कुमार नेपाल, झलनाथ खनाल, हालका प्रधानमन्त्री केपी शर्मा ओली र, वर्तमान राष्ट्रपति विद्या भण्डारी, लगायतका नेताहरु खुल्ला चौरमा कुरा गरिरहेका थिए । केपी र विद्या भने नजिकै थिए । नेताहरुबीच केरा खाने कुरा भयो । सबैले आफ्नो केरा केलाएर खाए, तर केपी ओलीले आफूले केलाएको केरा विद्याको मुखमा हालिदिएपछि महिला नेताहरुले लाज माने ।’
केरा खुवाईदिनु कुनै नौलो कुरा त होईन तर एमालेका केन्द्रीय स्तरका नेताहरु नै यो घटनाबारे पटकपटक चर्चा गरिरहन्छन् ।


त्यसो त विद्या र केपीकै सम्बन्धबारेको समाचार छाप्दा त्यतिबेलाका चलेका साप्ताहिक पत्रिकामाथि एमालेका कार्यकर्ताले छापा हानेका थिए । मदनको हत्यापछि उदाएको केपी र विद्याबीचको सम्बन्ध अन्ततः गुट बनेर आयो । सोही गुटीय लडाईले एमालेलाई कहिल्यै छोडेन ।

उनले भने जस्तो शहिदकी श्रीमतीलाई ताक्ने व्यक्तिबारे पछि थाहा हुँदै जाला । उनको संकेत प्रधानमन्त्री ओलीलाई नभएपनि कार्यकर्ताले भने त्यसैगरी बुझेका छन् । ‘रिस उठ्यो भनेर अध्यक्षमाथि गम्भिर प्रकृतिको आरोप लगाउन पाईंदैन,’ ओली निकट एक नेताले भने, ‘शहिदकी श्रीमती भनेको विद्या भण्डारी मात्रै त होईन तर उहाँको जुन नियत छ, त्यो प्रष्ट छ । यति ठूलो नेताले यस्तो तल्लो स्तरको कुरा गर्नु आफैंमा खेदजनक छ । अहिले उहाँलाई भारतले परिचालित गरे जस्तो भान हुन्छ । किन भने प्रधानमन्त्री ओली भारतीय हस्तक्षेपको विरुद्ध लडिरहनुभएको छ ।’


व्यवस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमालेमा पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समुहबीचको विवाद चुलिएको छ । वरिष्ठ नेता माधव नेपाल र पूर्व अध्यक्ष झलनाथ खनालबीचको समिकरण यतिबेला ओली खेमा विरुद्ध लागि परेको छ । अध्यक्ष ओलीले एक लौटी तरिकाले पार्टी चलाएको भन्दै माधव नेपाल समुहले खुलेरै विरोध गर्न थालेका छन् । पछिल्लो समय एमालेमा सांस्कृतिक विचलनका कुराहरु समेत उठ्न थालेको छ । शुक्रबार एक टेलिभिजनको पर्दामा वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको खुलेरै आलोचना गरे । हिमालय टेलिभिजनका लागि पत्रकार नारायण पौडेलसँगको कुराकानीमा नेपालले अध्यक्ष ओलीमाथि सांस्कृतिक विचलनमा परेका व्यक्ति र चन्दा असुली गर्ने व्यक्तिहरुको संरक्षणमा लागेको आरोप लगाएका थिए ।
एक प्रसंगमा नेपालले सहिदकी श्रीमती ताक्नेलाई प्रोत्साहन गरिएिको समेत बताएका थिए ।

उनले भने जस्तो शहिदकी श्रीमतीलाई ताक्ने व्यक्तिबारे पछि थाहा हुँदै जाला । उनको संकेत प्रधानमन्त्री ओलीलाई नभएपनि कार्यकर्ताले भने त्यसैगरी बुझेका छन् । ‘रिस उठ्यो भनेर अध्यक्षमाथि गम्भिर प्रकृतिको आरोप लगाउन पाईंदैन,’ ओली निकट एक नेताले भने, ‘शहिदकी श्रीमती भनेको विद्या भण्डारी मात्रै त होईन तर उहाँको जुन नियत छ, त्यो प्रष्ट छ । यति ठूलो नेताले यस्तो तल्लो स्तरको कुरा गर्नु आफैंमा खेदजनक छ । अहिले उहाँलाई भारतले परिचालित गरे जस्तो भान हुन्छ । किन भने प्रधानमन्त्री ओली भारतीय हस्तक्षेपको विरुद्ध लडिरहनुभएको छ ।’

वरिष्ठ नेता नेपालले एमालेका कतिपय नेताहरु बलात्कारीको गाडी चढ्ने र २४ घण्टा जाँड र रक्सिमा डुब्ने गरेको समेत खुलाशा गरेका थिए । कयौं नेताहरु उदण्ड बनेको समेत उनको आरोप थियो ।

नेपालले इंगित गर्न खोजेको व्यक्ति एमालेभित्र थुप्रै छन् । तर केही व्यक्तिहरुलाई भने सर्वसाधरणले नै ‘नोटिस’मा राखेका छन् ।

माधवको तिर यता तिर हो की ?


सुशील कोईराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका कृपासुर शेर्पामाथि सांस्कृतिक विचलनको आरोप छ । शेर्पा मन्त्री बनेपछि उनको कर्तुत पनि बाहिर आएको थियो । ताप्लेजुङको फुङ्लिङ निवासी धनमाया दर्नालाई विहे नगरी गर्भवति बनाएको र धनमायाबाट जन्मिएका गणेश शेर्पालाई नागरिकता नदिएपछि यो घटनाले निकै चर्चा पाएको थियो । घटना सार्वजनिक भएसँगै विवादमा आएका शेर्पाले गणेश र धनमायासँग सम्झौता गर्नु परेको थियो । सम्झौतापछि नगारिकता पाएका थिए । तर एमाले पार्टीले भने कृपाशुरलाई कुनै कारबाही गरेन । कृपाशुरले धुम्बाराहीमा रहेको एमालेको हालको केन्द्रीय कार्यलय रहेको भवन उपलब्ध गराएका थिए ।

महेश बस्नेतमाथिका आरोप

युवा संघका पूर्व अध्यक्ष तथा पूर्व उद्योग मन्त्री महेश बस्नेत एमालेका विवादीत व्यक्ति हुन् । उनले सार्वजनिक गरेको आत्मकथामा समेत आफूले पटकपटक झूट बोलेको स्विकार गरेका छन् । कोटेश्वरका व्यावसायी रामहरी श्रेष्ठको हत्या पछि स्थानियले गरेको आन्दोलनबाट चर्चामा आएका महेशलाई रामहरीकै श्रीमती रमिला श्रेष्ठले महेशको चरित्रमाथि प्रश्न उठाएकी थिईन् । एमाले कार्यकर्ताका अनुसार सम्पत्ति सुद्धिकरणको मुद्दापछि प्रहरीको खोजीमा रहेका परशुराम बस्नेतलाई महेश बस्नेतले रामहरीकै घरमा लुकाएका थिए । तर, प्रशासनलाई महेशले आफूसँग रहेको र कारबाही गर्न चेतावनी दिएका थिए । त्यसको केही दिनमा रमिलाकै घरमा परशुरामलाई पत्रकार सम्मेलन गर्न लगाइएपछि रमिला रुष्ट बनेकी थिईन् । श्रीमानको हत्यापछि प्रताडित बनेकी एक्लो रमिलाको घरमा एमाले कार्यकर्तालाई बैठकको लागि ‘हल’ व्यवस्था गरिदिन महेशले पटक–पटक भन्न थालेपछि उनी दिक्क हुन थालेकी थिईन् ।

बालुवाटार देखि सिंहदरबारसम्म कमिसनको रुट बनेको छ,’ एमालेका एक केन्द्रीय नेता भन्छन्, ‘यो एरियालाई कमिशनखोरहरुले पैसा उठाउने क्षेत्रको रुपमा विकास गरेका छन् । सरकारी कर्मचारीको सरुवा/बढुवा गरिदिने, योजना पार्दिने भन्दै युवा संघका केन्द्रीय नेता नै कमिसन एजेन्ट बनेका छन् । जनताको काम गर्ने कम्युनिष्ट पार्टीको चरित्र यस्तो कहाँ हुन्छ ?’


एमाले वृतमा महेशमाथि पार्टी र सत्ताको आडमा अकुत सम्पत्ति कमाएको आरोप समेत लगाईन्छ । उनी निकट स्रोतका अनुसार महेशले भर्खरै राजधानीको बानेश्वरमा सात रोपनी जग्गा जोडेका छन् । त्यस्तैगरी परशुराम बस्नेत नेपाली जनमानसमा चर्चित नाम हो । युवा संघका सचिव रहेका उनीमाथि सम्पत्ति सुद्धिकरण विभागले । गुण्डागर्दिबाट अकुत सम्पत्ति जोडेको अभियोगमा दोषी ठहर्‍याई जरिवाना तोकेको थियो । उनै बस्नेतलाई युवा संघको सचिव बनाइएको प्रति कार्यकर्ता पंक्तिमा असन्तुष्टि छ ।

युवा संघ कमिशन खोरहरुको अखडा

एमाले भातृ संगठन युवा संघ पछिल्लो समय ‘कमिशन खोरहरु’को अखडा बन्दै गएको छ । एमाले कार्यकर्ताका अनुसार अध्यक्ष राजिब पहारी नै युवा संघलाई बद्नाम बनाउन लागि परेका छन् । ‘बालुवाटार देखि सिंहदरबारसम्म कमिसनको रुट बनेको छ,’ एमालेका एक केन्द्रीय नेता भन्छन्, ‘यो एरियालाई कमिशनखोरहरुले पैसा उठाउने क्षेत्रको रुपमा विकास गरेका छन् । सरकारी कर्मचारीको सरुवा/बढुवा गरिदिने, योजना पार्दिने भन्दै युवा संघका केन्द्रीय नेता नै कमिसन एजेन्ट बनेका छन् । जनताको काम गर्ने कम्युनिष्ट पार्टीको चरित्र यस्तो कहाँ हुन्छ ?’

यो पनि पढ्नुहोस् 

टेलिभिजनमै ओली विरुद्ध जंगिए माधव नेपाल, ‘अर्काको श्रीमती ताक्नेलाई प्रोत्साहन दिने ?’ 

सम्बन्धित खबर

ट्रेन्डिङ