खुल्लामञ्च कब्जा गर्ने पर्दापछाडीका खेलाडी को–को ? आर्थिक दैनिकको यस्तो खुलाशा !

दियो पोस्ट  

काठमाडौं । खुल्ला मञ्च कब्जा गरेर सटर बनाई भाडामा लगाउने विवादित ठेकेदार मनोज भेटवाल बारे केही दिनअघिदेखि सामाजिक सञ्जाल रंगीरहेको छ । तर, खुल्लामञ्च कब्जाको पर्दा पछाडी अन्य धेरै खेलाडीबारे भने सायद हामी मध्ये धेरैलाई थाहा नहुनसक्छ । राजधानीको मुटु मानिने खुल्लामञ्च कब्जा गर्ने पर्दाे पछाडीका खुंखार अभियुक्तहरु बारे नयाँ खुलाशा भएको छ ।

लामो समयदेखि २७ करोड भन्दा बढी भ्याट नतिरि राजनीतिक शक्तिकै आडमा अख्तियार भित्रै फाइल गुपचुप बनाउँदै आएका हुमनाथ कोइराला भेटवालकै साझेदार हुन् । त्यस्तै उनीसँगै अर्का साझेदार हुन जय राम लामिछाने । नेपाली कांग्रेसका सांसद समेत भइसकेका ठेकेदार लामिछानेको जलेश्वर विकोइ बिल्डर्समा २५ प्रतिशत शेयर रहेको छ । उनीहरुकै योजनामा पुरानो बसपार्कमा भ्युटावरको नाटक गरी खुल्लामञ्चमा अस्थायी बसपार्क बनाउने र सोही स्थानको सटर बेचविखन गर्ने खेल भएको थियो ।


त्यसो त महानगरपालिकाका कर्मचारी र तत्कालिन नेतृत्वलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने भएता पनि अहिलेसम्म अनुसन्धानको दायरामा ल्याइएको छैन ।


काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्सबीचको समझदारीमा हस्ताक्षेर गर्ने कर्मचारीलाई सरकारले छानबीन समेत गरेको छैन ।


२०७१ साल फागुन २२ गते महानगरपालिकाका तर्फबाट तत्कालिन प्रमुख तथा कार्यकारी अधिकृत पुर्ण तन्डुकार, प्रमुख प्रशासन तथा संगठन विकास विभागका प्रमुख शान्ताराम पोखरेल र यता जलेश्वर विकोइ बिल्डर्सको तर्फबट मनोज भेटवाल र सल्लाहाकार भाइकाजी घिमिरेले हस्ताक्षेर गरेका छन् ।


हस्ताक्षेर गर्ने महानगरपालिकाका कर्मचारी मध्ये शान्ताराम पोखरेललाई अख्तियारले अकुत सम्पत्तिको मुद्दामा छानबीन गरिरहेको छ । राजधानीको अनामनगरमा भेटवालकै घर नजिकै भव्य महल बनाएका पोखरेलले अनामनगरकै सरकारी जग्गा समेत कब्जा गरी युनियन हाउसलाई पार्किङ गर्न दिएका छन् ।


नेपाली कांग्रेसको कोइराला परिवारको आफन्त समेत हुँ भन्दै हिँड्ने गरेका विकोरइ बिल्डरका मालिक हुमनाथ कोइरालाले नै खुल्लामञ्च कब्जा गर्ने पर्दापछाडीको डिजाइन बनाएका थिए । ‘बाहिर सार्वजनिक रुपमा भेटवालको तस्विर आएता पनि असली खेलाडी हुमनाथ कोइराला हुन्,’ काठमाडौं महानगरपालिकाका एक कर्मचारीले नाम नबताउने सर्तमा भने,‘राजनीतिक दलदेखि सबै कर्मचारीको सेटिङ हुमनाथले नै गरेका हुन् ।’


भ्युटावर निर्माण गरिरहेको कम्पनि जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्समा मकवानपुरका पूर्व कांग्रेस सांसद तथा ठेकेदार जयराम लामिछानेको स्वामित्व रहेको स्वच्छन्द निर्माण सेवाको २५ प्रतिशत र कोइरालाको बिकाइ बिलडर्स प्रा.लीको २४ प्रतिशत रहेको छ भने बाँकी रहेको ५१ प्रतिशत शेयर भेटवालकै रहेको छ । उनको स्वामित्व रहेको जलेश्वर हाउजिङ कम्पनिले कम्पनि रजिष्टार कार्यालयमा ५० करोड चुक्ता पुँजी उल्लेख गरेपनि ५० लाख मात्रै भुक्तानी गरेको पाइएको छ ।


‘यसरी पुरा रकम चुक्ता नगरी कम्पनि खोल्न पनि पाइँदैन । कन्पनि राजिष्टार कार्यालयमा पनि आर्थिक प्रलोभनमा नैयो कम्पनि दर्ता भएको हुनसक्छ,’ स्रोतले भन्यो,‘पुरा रकम चुकता नगरेको कम्पनिले अरबौं मुल्यको भ्यु टावर कसरी बनाउँन मिल्छ ?’


खुल्लामञ्च सटर काण्डका प्रमुख योजनाकार भएता पनि हुमनाथ कोइरालाको बारेमा खासै चर्चा नै सुनिँदैन । नेपाली कांग्रेसको एउटा खेमासँग निकै नजिक सम्बनध रहेका उनले कांग्रेस सरकारकै पालामा अख्तियारमा पुगेको २८ करोडको भ्याट छलि प्रकरण गुपचुप सेटल गरेका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आफ्ना नजिकका व्यक्तिहरुलाई बोलाएर जति पुरानो फाइल भए पनि खोजेर कारबाही गर्ने उदघोष गरेका थिए । प्रधानमन्त्रीको उद्घोष अनुसार कोइरालाको २८ करोडको भ्याट काण्ड ब्युँतिने खतरा समेत बढेर आएको छ । यद्धपी सरकारको एक्सन भने हेर्न बाँकी नै छ ।


पुरानो घर स्याङ्जा भएका कोइरालाले यतिबेला गहना पोखरीमा ठूलो बंगाला नै खडा गरेर बसेका छन् । उनको महल देखेपछि सम्पत्तिको स्रोतमाति समेत प्रश्न उठ्ने गरेका छन् । सम्पत्ति हत्याउनका लागि आफ्नै दाजुलाई समेत सम्पत्ति सुद्धिकरणमा मुद्दा हाल्ने कोइरालालाई अहिलेसम्म कुनै सरकारले छुन सकेको छैन ।

पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने जिम्मा पाएपछि भेटवालले खुल्लामञ्चमा बसपार्क सारेका थिए । सारिएको नयाँ बसपार्कमा समेत सटर निर्माण गरी ८ देखि १२ लाखसम्म साना व्यापारीसँग रकम असुलेर उनीहरुलाई घरको न घाटको बनाएपनि भेटवाल खुलमखुल्ला हिँडिरहेका छन् ।

यता उनलाई पर्दापछाडीबाट सहयोग गर्ने हुमनाथ र महनगरपालिकाका तत्कालिन कर्मचारी बारे भने खासै चर्चा छैन । आर्थिक दैनिकमा खबर छ ।

TATA ADD