लगनखेलमा भेटिएको बम डिस्पोज, ग्वार्कोमा पनि बम भएको आशंका

दियो पोस्ट  

काठमाडौँ, जेठ १२ । ललितपुरको लगनखेलमा बम भेटिएको छ । आइतबार साँझ आठ बजे लगनखेल बसपार्क नजिकै भेटिएको बम विस्फोट हुन नपाउँदै डिस्पोज गरिएको हो ।

बम भेटिने वित्तिकै नेपाली सेनाको बम डिफ्युजन टोली त्यहाँ पुगेको हुनाले ठुलो घटना हुन नपाएको लगनखेलबाट अमिर खरेलले दियोपोस्टसंग बताएका छन् ।

त्यस्तै ग्वार्कोमा पनि बम भेटिएको भन्ने खबर पाएपछि डिफ्युजन टोली ग्वार्कोतर्फ लागेको छ । भोलीको नेपाल बन्द सफल पार्नका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले राजधानीमा बम आतंक मच्चाएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार राजधानीको अनामनगर र सुकेधारामा विप्लव समुहले बम विस्फोट गराएको पुष्टि भएको बताएका छन् ।

विस्फोटस्थलबाट दुई जना विप्लव कार्यकर्ता समेत घाइते अवस्थामा पक्राउ परेको र घटनास्थलमा पर्चाहरु भेटिएको कारण बम विस्फोटमा विप्लवको संलग्नता पुस्टि भएको हो ।

दुई स्थानमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भइसकेको छ । अन्य स्थानहरुमा त्यस्ता खालका दुर्घटनाहरु हुन नदिनका लागि सुरक्षाब्यवस्थालाई कडा बनाइएको प्रहरी प्रबक्ता पोखरेलले बताएका छन् ।

छुटाउनु भयो की ?

विप्लवको बन्द घोषणाको पुर्वसन्ध्यामा काठमाडौँमा दुई ठुला विस्फोटः तीन जनाको मृत्यु, ६ घाइते

घट्टेकुलोमा बम विस्फोट: विप्लव समूहका विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ

राजधानीको दुई स्थानमा बम विस्फोटः ३ जनाको मृत्यु, विप्लव माओवादीको संलग्नता पुष्टि

TATA ADD

सिफारिस